आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रदेशस्तरीय खुल्ला आर्चरी, बाहिरिए ३२ खेलाडी

प्रदेशस्तरीय खुल्ला आर्चरी, बाहिरिए ३२ खेलाडी


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०७८, शनिबार

पोखरा/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष आर्चरी प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित आर्चरी मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो दिन नकाउट चरणबाट ३२ जना खेलाडी बाहिरिएका छन् ।

पहिलो चरणको ¥याङकिङ राउन्डबाट ६४ खेलाडी छनोट गरिएको थियो । ६४ जनाको नकाउट चरणबाट ३२ जना छनोट भए भने बाँकी बाहिरिएका हुन् । ¥याङकिङ राउन्डमा म्याग्दीका २४ वर्षीय सुजन पुन सर्वाधिक स्कोर बनाउँदै ¥याङकिङको शीर्षस्थानमा रहेको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । उनी शीर्षस्थानमा रहँदै नकाउट राउन्ड प्रवेश गरेका थिए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

पहिलो दिनको ¥याङकिङ राउन्डमा खेलाडीहरुले १० डोर प्रहार गरेका थिए । प्रतियोगितामा कास्की, बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङ र मनाङ जिल्लाका खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताका संयोजक वसन्त गौचन(साकुरा)का अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आयोजना गरिएको हो । प्रतियोगितामा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरु समावेश छैनन् । शनिबार ३२ जनाबाट उत्कृष्ट ४ जनालाई नगद पुरस्कार प्रदान गरिने छ ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीले समेत प्रतिस्पर्धा गरेका छैनन् । ‘राष्ट्रिय प्रतियोगितामा यो इभेन्टमा पदक विजेता खेलाडीले सहभागिता जनाउन पाउँदैनन् । पदक विजेता खेलाडी अपग्रेड हुन्छन्,’ प्रतियोगिताका संयोजक गौचनले बताए । उनीहरु कम्पाउन्ड ५० मिटर र रिकर्भ ७० मिटर खेल्नुपर्ने हुन्छ ।

प्रतियोगिताबाट १० खेलाडी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट गरिने छ । उत्कृष्ट चारसहित अन्य ६ जनालाई छनोट गरेर बन्द प्रशिक्षणमा राखिने संघका अध्यक्ष शेरचनले जानकारी दिए । उनका अनुसार १० जनाबाट पनि अन्तिम चरणमा ४ जना मात्रै छनोट गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी गर्ने गरी प्रशिक्षणमा राखिने छ । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->