आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकी महिला टिममा श्रीलंकाका ३ खेलाडी

गण्डकी महिला टिममा श्रीलंकाका ३ खेलाडी


  • विजय नेपाली
  • पुष २५ २०७८, आइतबार
फाईल तस्विर

पोखरा/ मंगलबारदेखि पोखरामा दोस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता हुँदैछ । टाइगर ग्रुप अफ पोखरा प्रतियोगिताको आयोजक हो । पोखरा रंगशाला स्थित भलिबल कोर्टमा हुने खुल्ला क्लब च्याम्पियनसीप महिला÷ पुरुष भलिब प्रतियोगिता हुन लागेको हो ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले सम्पूर्ण तयारी करिव सकिएको जानकारी दिए । गतवर्ष आयोजकले हतारमा तयार गरिएको आफ्नो टिमसमेत प्रतियोगितामा सामेल गराएको थियो । यो संस्करणमा आयोजकको प्रतिनिधित्व गण्डकीको महिला टिमले गर्नेछ । टिममा केही राष्ट्रिय खेलाडी छन् भने अधिकांश खेलडी प्रदेश भित्रकै छन् । महिला टिममा ३ श्रीलंकली खेलाडीको समेत सहभागिता रहने भएको छ ।

यस्तै टिमको कप्तानी नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले गर्नेछिन । टिममा पवित्रा विसी, परीक्षा गुरुङ, ममता दगडौँ, रुपा थापा, रोश्मीना गुरुङ, यमकली कुँवर,भावना डाँगी र रोविना घर्ती मगर रहेकी छिन् । श्रीलंकाबाट स्पाइकर प्रितिका प्रमोधानी, काभिशा लक्षिणी पेरेरा र शिवानी शाक्य आउन लागेकी हुन् । उनीहरु आइतबार आइपुग्ने टोलीकी कप्तान अरुणा शाहीले जानकारी दिइन् । टोलीमा सबैजसो नयाँ खेलाडी रहेकाले सुरुका खेल केही असहज हुने शाहीले बताइन् । सबै खेलाडीले एक साथ खेल खेल्न नपाएको उनले सुनाइन ।

उता गण्डकी प्रदेशको पुरुष टिममा समेत नयाँ अनुहारहरु देखिएका छन् । प्रदेशको टिमबाट खेलेका रुपेन्द्र गैह्रे र किरण गुरांै विभागीय टोलीमा पुगेका छन् । टोलीमा कप्तान हरि पाण्डे, घनश्याम चौधरी, सुजन चौहाल, सन्तोष थापामगर र राजन दर्लामीले टोलीमा निरन्तरता दिएका छन्भने रवि केसी, राजकुमार नेपाली, हिमाल सुनारीमगर, सुभाष कुँवर, देवु राना, जसिम मोहम्मद मियाँ र सफल विक टोलीमा थपिएका छन् । पुराना खेलाडी नआउँदा नयाँ खेलाडीहरुले अवसर पाएको टिम कप्तान हरी पाण्डेले जानकारी दिए । उनले २ खेलाडी विभागमा गएको र एक खेलाडी भारतीय आर्मीमा गएकाले टिममा ३ मुख्य खेलाडी घटेको बताए । टोलीले निरन्तर भलिबल कोर्टमा प्रशिक्षण गरिरहेको पाण्डेले जानकारी दिए ।

२ टिम थपिए कुल १० टिमको सहभागिता

दोस्रो संस्करणमा २ टिम थपिएका छ । महिला तर्फ एक र पुरुष तर्फ एक टिम थपिएको हो । राउन्डरोविनको आधारमा खेलाइने खेलमा महिला तर्फ ५ र पुरुषतर्फ ५ गरी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहने भएको हो । यो वर्ष महिला तर्फ आयोजकको एक टिम थपिएको हो भने पुरुषतर्फ हेल्प नेपाल थपिएको हो ।

यस्तै पुरुषतर्फ अघिल्लो वर्षको विजेता गण्डकी प्रदेश, उपविजेता त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीबल (एपिएफ) र हेल्प नेपाल रहेका छन् ।
महिलातर्फ गतवर्षको विजेता नेपाल पुलिस क्लब, उपविजेता एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड स्पोट्र्स क्लब र टाइगर ग्रुप पोखरा रहेका छन् । प्रतियोगिताको विजेता टोलीले नगद ३÷३ लाख तथा उपविजेताले समान १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुनेले समान ७५÷७५ हजार तथा सान्त्वना हुने टिमले ३५÷३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको टिकट दर भने २ सय र ३ सय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->