आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

टाइगर कप: पुलिस शीर्षस्थानमा

टाइगर कप: पुलिस शीर्षस्थानमा

विजय नेपाली


  • ढोरपाटन संवाददाता
  • पुष २९ २०७८, बिहिबार

पोखरा/ पोखरा रंगशालामा जारी दोस्रो टाइगरकपको पुरुषतर्फ नेपाल पुलिस क्लबले फाइनलको यात्रा पक्का गर्दा एपिएफ क्लबको यात्रामा भने पूर्णविराम लागेको छ । उता महिलातर्फ आयोजक टाइगर ग्रुप पोखराको यात्रा राउन्ड रोबिन मै रोकिएको छ ।

टाइगर गु्रप अफ पोखराको आयोजना भएको राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको खेलमा पुलिसले एपिएफलाई हराउँदा फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा एपिएफ भने लिग चरणमै रोकिएको छ । ५ टिमको सहाभागिता रहेको प्रतियोगिता राउन्ड रोबिन लिगको आधारमा खेलाइएको छ ।

पुलिसले एपिएफलाई ३–१ को सेटमा हराउँदा प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको हो । पुलिसले एपिएफलाई २५–२१,२३–२५,२५–२३ र २५–१९ ले हराउँदै ३ खेलबाट ८ अंक बटुल्दै शीर्ष स्थानमा रहन सफल रहेको हो । एपिएफ भने लगातार तेस्रो हार व्यहोर्दै अंकविहीन रहेको छ ।

पुरुषतर्फ कै अर्को खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । हेल्प नेपालले २५–१५, २५–२१ र २५–२२ ले हराउँदै तालिकाको दोस्रो स्थानमा रहन सफल रह्यो । महिलातर्फको खेलमा भने आयोजक टाइगर ग्रुपले लगातार तेस्रो हार व्यहोर्दै आफ्नो यात्रामा पूर्णविराम लाग्ने देखिएको छ ।
महिलातर्फ नेपाल एपिएफ क्लबले होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकालेको छ । एपिएफले २१–२५, २५–२१, १०–२५, २५–१२ र १५–८ को जित निकाल्यो । जितसँगै एपिएफको दुई खेलबाट ५ अंक पुगेको छ । हारका बावजुत डायमन्ड ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।
अर्काे खेलमा पुलिसले आयोजक टाइगर ग्रुप अफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । पुलिसले टाइगरमाथि २५–२०, २५–१७ र २५–२२ को सोझो सेटमा जित निकालेको हो । जितसँगै पुलिसको दुई खेलबाट ३ अंक छ । टाइगरले अंकको खाता खोल्न सकेको छैन ।
३ खेलबाट ६ अंकका साथ आर्मी दोस्रो स्थानमा रहँदा ३ खेलबाट ४ अंक बटुलेको एपिएफ तेस्रो स्थानमा रहँदा पुलिस चौथो स्थानमा रहेको छ । पुलिसले २ खेल खेल्न बाकिँ रहेको छ । गण्डकी भने पुछारमा रहेको छ ।
निशुल्क मास्क बाँडियो
पोखरा/ पोखरा रंगशालामा जारी टाइगर कप भलिबल प्रतियोगितामा सहभागी दर्शकलाई निशुल्क मास्क बाँड्न थालिएको छ । तोकिएकोभन्दा बढी मूल्यमा मास्क बिक्रीवितरण गरिरहेको भन्दै ढोरपाटन दैनिकले समाचार प्रकाशन गरेको थियो ।
प्रतियोगिताको टिकट काट्ने स्थान नजिकै मास्क र सेनिटाइजर राखिएको थियो । सेनिटाइजर लगाउन आग्रह गर्दै मास्क नलगाएकालाई १० रुपैयाँको मास्कलाई २० रुपैयाँको दरले बेचिँदै आएको थियो । उक्त कार्य बन्द गरि हाल निशुल्क मास्क वितरण सुरु गरिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->