पोखरा/मेसोस कुमालले विपक्षीलाई २० सेकेनडमै हराउँदै माछापुच्छ«े फुल–कन्ट्याक्ट कराते तथा क्योकुसिन कान कराँते प्रतियोगिता च्याम्पियन बनेका छन् । नेपाल क्योकुसिन कान कराते संघ कास्कीको आयोजनामा भएको फाइनल खेलमा खेलमा सरगम कुमाललाई २० चुदान माओसिग्री किकले नकाउट गर्दै प्रथम भएका हुन ।
प्रतियोगितामा संगम कुमाल दोस्रो, सुमित सिग्देल र अनिल बराम तेस्रो भएका छन् । ५५ केजी तौल समूहमा पहिलो धुर्वराज परियार, दोस्रो कपिल कुमाल, तेस्रो अनिश विक र हेमन्त विक भएका भए । ५० केजी तौल समूहमा युवराज गुरुङ प्रथम, रतन दुदेल दोस्रो तथा तेस्रो रोशन गुरुङ र राजन विक भएका छन् ।
४५ केजी ताल समूहमा पहिलो आयुस सुनार दोस्रो नायण श्रीपाली तेस्रो किस्मत कँडेल र अमंर थापा भएका छन् । ४० केजी तौल समूहमा पहिलो शोबित प्रत्येल, दोस्रो अभिशेक तामाङ, तेस्रो रितेश गुरुङ र अम्बर थापा तेस्रो भएका छन् ।
३५ केजी तौल समूहमा पहिलो रविन गौतम दोस्रो बसन्त थापामगर तेस्रो शलिन केसी र आयुस चापागाई तेस्रो भएका छन् । ३० केजी तौल समूहमा पहिलो सत्कार प्रत्येल, दोस्रो रोशन परियार, तेस्रो सुभम पौडेल र कुशल तिवारी भएका छन् । महिलातर्फको खेल ५० केजी माथी खुल्ला तौल समूहमा सरगम कुमाल पहिलो भएकी छन् ।
कुमाल र धन कमारी मगरबीच भएको खेलमा २ पटक सम्म बरामबरी भएको खेलमा तेस्रो समयमा उनले जितेकी हुन । दास्रो धन कमारी मगर तेस्रो शर्मिला बुढा र सिर्जना पुन भएका छन् ।
खुल्ला तौला समूहमा ४५ केजी तौल समूहमा पहिलो मनिसा तामाङ, दोस्रो सर्वदा पौडेल तेस्रो सविना क्षेत्री र ज्योती मल्ल ४० केजी तौल समूहमा अनुष्का विक पहिलो दोस्रो बिपिसा विक तेस्रो सुविना श्रेष्ठ र सुबिना विक भएका छन् । प्रतियोगितामा बेष्ट फाइटर पुरुषतर्फ लिला बहादुर विक घोषित भएका छन् । महिलातर्फ ज्योती मल्ल घोषित भएकी छन् ।





