आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एपिएफ १४ वर्षपछि फाइनलमा

एपिएफ १४ वर्षपछि फाइनलमा


  • विजय नेपाली
  • माघ १३ २०७८, बिहिबार

पोखरा/विभागीय टिम एपिएफ १४ वर्षपछि आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सहारा क्लब पोखराको आयोजनामा जारी २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो ।

पोखरा रंगशाला स्थित फुटबल मैदानमा जारी खेलमा एपिएफले १० खेलाडीमा सिमित मछिन्द्रलाई ३–१ गोलले हराउँदै फाइनलको यात्रा तय गरेको हो । आहारारा गोल्डकपमा एपिएफ दोस्रो पटक फाइनल प्रवेश गरेको हो । यस अघि २०६४ सालमा फाइनल प्रवेश गरेको थियो । १४ वर्ष अघि फाइनलमा पुलिससँग २–० गोलले हार व्यहोरेको थियो ।

एपिएफको यो १५ औं सहभागिता हो । एपिएफले तेस्रो संस्करणको आहा गोल्डकपदेखि सहभागिता जनाउँदै आएको थियो । एपिएफले बिचमा १० औं र ११ औं संस्करणमा भने सहभागिता जनाएको थिएन । उता मछिन्द्र भने दोस्रो पटक सेमिफाइनलमै रोकिएको छ । यसअघि मछिन्द्र २०७० सालको १२ औं आहारारा गोल्डकपको सेमिफाइनलसम्म पुगेको थियो । उक्त सेमिफाइनल खेलमा आयोजक सहारा क्लब पोखरासँग टाइब्रेकरमा ४–३ को हार व्यहारेको थियो ।
मछिन्द्रको यो पाँचौ सहभागिता हो । मछिन्द्रले ८ औं आहा गोल्डकपबा सहभागिता जनाएको थियो । ११ औं,१२ औं र १९ औं आहारारामा सहभागिता जनाएको थियो । खेलको २५ औ मिनेटमा एपिएफका सन्तोष श्रेष्ठले हेडमार्फत गोल गर्दै १–० को अग्रता दिलाए । मछिन्द्रका डिफेन्डर छिरिङ गुरुङले मनि लामालाई लडाएपछी फ्रीकिकको अवसर प्राप्त गरेको थियो । मनिले नै प्रहार गरेको फ्रीकिकमा सन्तोषले उत्कृष्ट गोल गरे ।
चौथो मिनेटमा मछिन्द्रका मथनिएल जुडे ब्राकियाको प्रहार दोस्रो बार नजिकै बाट बाहिरियो । उत्सव राईले सेन्टरलाइन बाट बिट गर्दै अघि बढाएको बल अभिषेक रिजाललाई पास दिदा उनले गरेको क्रसपासलाई क्लियर गर्ने क्रममा अडम्बा डोम्बियाले हेड गरेको बलमा मठनियलले प्रहार गरेका थिए ।

छैटौ मिनेटमा एपिएफका अर्मन्ड बेडुमले २ डिफेडरलाई बिटगर्दै गरेको प्रहार पोस्टबार नजिकैबाट बाहिरियो । १९ औ मिनेटमा प्रदिप लामाले पेनाल्टी क्षेत्रबाट गरेको प्रहारलाई मछिन्द्रका गोलरक्षकले उत्कृष्ट बचाउ गरे । अर्मन्डको पासमा लामाले गोल गर्ने अवसर खेर फाले ।
खेलको ४९ औ मिनेटमा मछिन्द्रले पाएको फ्रीकिक खेर फाल्यो । उत्सवले प्रहार गरेको बललाई अडम्बा डुम्बियाले हेड गर्दै क्लियर गर्न खोज्दा हातमा लाग्न पुगेको थियो । ओमोलाजाले निकै फितलो प्रहार गरे । ५८ औ मिनेटमा एपिएफका कप्तान नवीन लामाले गोल गर्ने अवसर खेर फाले । अडमा डोम्बिया खाली रहेको अवस्थामा आफैले प्रहार गर्न खोज्दा अग्रता दोब्बर गर्नबाट चुके ।

६४ औ मिनेटमा मछिन्द्रका कप्तान रन्जित धिमालले प्रहार गरेको शसक्त कर्नरलाइ गोलरक्षक कुरियामा युयाले पन्च गर्दै बचाउ गरे । ६९ औ मिनेटमा प्रदिप लामाले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारे । कप्तान नवीन लामाको क्रसपासमा उनले अघि बढ्दै उत्कृष्ट वानटच फिनिसिङ गरे । कप्तान रन्जित धिमाल र मनि लामा संगै लड्दा पाएको बलमा कप्तान लामाले क्रस गरेका थिए ।
खेलको ७१ औं मिनेटमा मछिन्द्रका ओमोलाजा नुरेन करिमले दोहोरो पहेँलो कार्ड सहित रातो कार्ड पाउँदै मैदान बाहिरीन परे । उनले फाउल भएको अवस्थामा रिसाएर बल हानेपछि मुख्य रेफ्री नविन्द्र महर्जनले दोस्रोपटक पहेँलो कार्ड देखाएका थिए । यस अघि उनले ४० औं मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए ।

निर्धारित समयमा थप गरिएको ५ मिनेटको इन्जुरी समयमा नविन लामाले थप १ गोल गरे । प्रदिप लामाले गरेको प्रहारलाई गोलरक्षक सुर्य अधिकारीले बचाउँ गर्दा फर्किएको बललाई उनले नियन्त्रणमा लिदैँ सहजै गोल गरे । प्रदीप खेलको म्यान अफ दी म्याच घोषित भए ।

मध्यान्तरको विवाद लाजमर्दो : कुमार थापा प्रशिक्षक एपिएफ

विवाद गर्नुपर्नेे कुरै थिएन् । पहिलो हाफ सकिएको सिठि बजाएपछि अभिषेकले बल फ्याकेको थियो । त्यही निहुमा मछिन्द्र जस्तो क्लबका जिम्मेवार व्यक्ति नै मैदान प्रवेश गरेर खेलाडीलाई गाली गर्नु उचित थिएन । म आफैँलाई लाज लाग्यो ।

मुख छाड्दा समेत रेफ्रीले केहि नगरेको कारण विवाद भयो : प्रवेश कट्वाल प्रशिक्षक मछिन्द्र

मुख छाडिरहेको थियो रेफ्रिले कडा गर्न नसकेको देखियो । मुख छाडिरहँदा समेत स्ट्रिक गर्न अन्य खेलमा समेत त्यसतै गर्छ । खेलमा मुख छाड्न कहाँ पाइन्छ । यदि रेफ्रीले त्यहाँ निर्णय लिएको भए त्यसतो हुदैन्थ्यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->