आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पूर्वकप्तान खड्काको नक्कली सर्टिफिकेट !

पूर्वकप्तान खड्काको नक्कली सर्टिफिकेट !


  • ढोरपाटन संवाददाता
  • माघ १३ २०७८, बिहिबार

पोखरा/ नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्व कप्तान हरी खड्काले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको भन्दै अख्तियार आरोप पत्र दायर गरेको छ । खड्काले प्रहरी सेवामा रहँदा झुट्टा प्रमापत्र पेश गरेको भन्दै अख्तियारले बुधबार आरोप पत्र दायर गरेको हो ।
अख्तियारले सरकारलाई हानि नोक्सानी पुर्याई आफू समेतलाई लाभ हुने बदनियत राखी गरेको र उक्त कार्य साविक भ्रटाचार निवारण ऐन र प्रचलित भ्रष्टाचार निवारण ऐन अनुसार कसुर गरेको प्रमाण पुष्टि हुन आएकोले दण्ड सजाय हुन मागदाबी गरि आरोप पत्र दायर गरेको जनाएको छ ।

महानगरीय प्रहरी गण नं २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको केन्द्रिय खेलकुद समितिमा कार्यरत प्रहरी नायब निरिक्षक खड्काको शैक्षिकत योग्यता आइएको प्रमाणपत्र नक्कली रहेको भन्नु उजुरीका आधारमा अनुसन्धान हुँदा झुट्टा प्रमाणपत्र पेश गरेको र सोही प्रमाणपत्रका आधारमा २०५५ कात्तिक १ गते प्रतिस्पर्धाबाट प्रहरी सायक निरिक्षक पदमा नियुक्त भएको अख्तियारले उल्लेख गरेको छ ।

त्यस्तै प्रहरी सेवामा निरन्तर वहाल रहि २०५९ पुस १४ गते खड्का प्रहरी नायब निरीक्षक पदममा बढुवा भइ सरकारलाई हानी नोक्सानी पु¥याई लाभ हुने बदनियत राखेको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
खड्काले प्रहरी सेवामा माध्यामिक शिक्षा परिषद् बाराणशी उत्तरप्रदेश भारतको शैशिक्षक योग्यता आइएको झुट्टा प्रमाण पत्र पेश गरेको आरोप लगाएको छ । खड्का राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक १३ गोल गर्ने २ खेलाडी मध्येका एक हुन् । उनी हाल अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला विभागका प्रमुख हुन् ।

महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक समेत रहिसकेका खड्का सन् २०१५ मा राष्ट्रिय पुरुष टोलीको सहायक प्रशिक्षक समेत रहेका थिए । खड्काको कप्तानीमा नेपाल पुलिस क्लबले २०६३ सालमा सहिद स्मारक ए डिभिजन लिग जितेको थियो । २०६४ मा उनी लिगका सर्वोत्कृष्ट खेलाडी समेत घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->