नवलपुर/ क्रसर उद्योगको जेसिवीको ठक्करले यहाँ एक महिलाको ज्यानगएको छ । नवलपुरको देवचुलीनगरपालिकावडा नं. १३ मा सञ्चालितमनकामनाक्रसर उद्योगको जेसीवीपार्किङ गर्ने क्रममाउद्योगभित्रै क्यान्टिन सञ्चालनगर्दै आएकी देवचुली १२ की ४० वर्षीया निर्मलाकुमारी महतको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरी सूचनाअधिकारी एवं डिएसपीदिलीपकुमार गिरीकाअनुसार बिहीवार साँझउद्योगभित्रै रहेको ग्यारेजमा जेसिवीपार्किङ गर्ने क्रममा बकेटले लागेर महतको मृत्यु भएको हो । उद्योगबाटकरिव ४ सय मिटरको दूरीमा रहेको देवचुलीअस्पतालमा पु¥याइएकोमा अस्पतालले मृत घोषणा गरेको हो । जेसिवी र चालकलाई प्रहरीले नियन्त्रणमालिएको छ ।





