आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा म्याराथनका विजयीलाई अन्तर्राष्ट्रिय अवसर

पोखरा म्याराथनका विजयीलाई अन्तर्राष्ट्रिय अवसर


  • ढोरपाटन संवाददाता
  • माघ २२ २०७८, शनिबार

पोखरा/ पोखरा म्याराथनमा विजयी हुने नेपाली राष्ट्रिय धावकलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता गराइने भएको छ ।

नेपाल एथलेटिक्स् संघले पोखरा म्याराथनको आयोजक संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चलाई पत्राचार गर्दै उक्त कुरा जनाएको हो । पत्रमा विजेतालाई प्राथमिकताका साथ सहभागिताका लागि पहल गराइने उल्लेख गरिएको छ । नेपाल एथलेटिकस संघका महासचिव धनविर चौधरीले विजेता नेपाली धावकलाई १९ आंै सस्करणको एशियाली खेलकुदको बन्द प्रशिक्षणमा समेत छनौट गराइने भएकोले नेपाली धावकहरुले आफ्नो पदर्शनमा सुधारको अपेक्षा समेत गरेका छन् ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले संघको पत्रका लागि आभार व्यक्त गर्दै पोखरा म्याराथनमा विजेता धावकले यो अवसर पाउनु गर्वको विषय रहेको बताए । आगामी फागुन ७ गते पोखरामा हुने खुला म्याराथन र महिलातर्फको हाफ म्याराथनको तयारी तिव्र रुपमा अघि बढिरहेको जनाउँदै अध्यक्ष पराजुलीले चैत्र १२ गते १० किमी महिला तथा पुरुष दौड, ५ किमी छात्र–छात्रा दौड र अपाङ्गतर्फका दौडहरु आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->