पोखरा/ नेपाली राष्ट्रिय महिला फुटबल टोली सदस्य तथा दक्षिण एशियाकी स्टार खेलाडी फरवार्ड सावित्रा भण्डारी आफ्नो उपचार सेकर स्वदेश फर्कंदै छिन् । कतारमा घुँडाको शल्यक्रिया गराइरहेकी भण्डारी विभिन्न चरणका उपचारपछि आज स्वदेश फर्कन लागेकी हुन् । उनी उपचारको लागि ७ महिनाभन्दा लामो समयसम्म कतारमै रहिन् । असार ३१ गते कतारको दोहामा रहेको अस्पेटार अस्पतालमा उनको दायाँ घुँडाको शल्यक्रिया भएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा कतार फुटबल संघको सहयोगमा उनको उपचार भएको हो । आइतबार भएको परीक्षणमा सामान्य अवस्था देखिएपछि आफु स्वदेश फर्किन लागेको सावित्राले बताइन् । ‘अब फर्केपछि केही साता ग्राउण्ड रिह्याब गर्छु । सुरुमा एक्लै र पछि समूहमा प्रशिक्षण गर्छु । के केसरी अभ्यास गर्ने सबै यहाँ भन्नुभएको छ’, उनले भनिन् ,‘सोचेजस्तै उपचार पाएकी छु ।
गत वर्ष राष्ट्रिय लिग खेल्ने क्रममा फागुन ३ गते उनको घुँडामा चोट लागेको पछि मैदान बाहिर छन् । यो उनको फुटबल करिअरकै सबैभन्दा गम्भीर चोट हो । सावित्राले राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोल गर्दै कीर्तिमान राखेकी छिन् । नेपाली फुटबलमा एपिएफले वर्चस्व जमाउँदा उनले इन्डियन लिग (आई लिग) दुई फरक क्लबबाट खेलेकी छिन् । उनी संलग्न टोली आइ लिगको च्याम्पियन बनेको थियो ।





