आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पारा खेलकुद प्रतियोगिता सुरु

पारा खेलकुद प्रतियोगिता सुरु


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०७८, शनिबार

पोखरा\पोखरामा शुक्रबारबाट ‘प्रथम गण्डकी प्रदेश पारा खेलकुद प्रतियोगिता २०७८’ सुरु भएको छ ।
दुई दिनसम्म चल्ने प्रतियोगिताको प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले उद्घाटन गरेका छन् । प्रतियोगिता अन्तर्गत पहिलो दिन भएको पुरुषतर्फको दृष्टिविहीन टि–२० क्रिकेट प्रतियोगितामा गण्डकी रेड १६ रनले विजयी भएको छ ।
कास्की ब्ल विरुद्ध टस जितेर व्याटिङ रोजेको गण्डकी रेडले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । १७४ रनको विशाल स्कोर पच्छ्याउने क्रममा कास्की ब्लुले भने ६.२ ओभरमा ५८ रन जोडेको थियो । तर, वर्षाका कारण खेल स्थगित भए पछि डिएल मेथडमा गण्डकी रेड विजयी भएको हो ।
प्रतियोगिताअन्तर्गत पारा खेलकुदका विभिन्न सात खेलहरु सञ्चालन हुने प्रदेश खेलकुद परिषदका सदस्य तथा प्रतियोगिताका संयोजक अमृत बरालले जनाएका छन् । जसअन्तर्गत बोसिया, बहिरा व्याडन्टिन महिला तथा पुरुष, वौद्धिक अपाङगताका लागि दौड प्रतियोगिता, अप्टिजम अपाङ्गताका लागि दौड, मनोसामाजिक अपाङ्गताका लागि म्यूजिक चियर, र शारिरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि ह्विल चियर वास्केटबल हुनेछन् ।
सबै खेलहरु शनिवार पोखरा रंगशालामा सञ्चालन हुने संयोजक बरालले जानकारी दिए । प्रतियोगितामा कुल १ सय ३२ खेलाडी सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->