काठमाडौं\चारदेशीय शृङखलामा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग २५ ले पराजित भएको छ । ओमानको अल अमेरट क्रिकेट स्टेडियममा आज भएकाे आफ्नाे दाेस्राे खेलमा नेपाल पराजित भएकाे हाे ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले नेपाललाई निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९३ रनको लक्ष्य दिएका थियो । नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रनमात्र बनाउन सफल भयो ।





