
कास्की/जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबारीय क्लबस्तरीय टी–२० लिग च्याम्पियनसिपको उदघाटन खेल सम्पन्न भएको हो ।
खेलमा पोखरा क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबलाई १५ रनले पराजित ग¥यो । टस जितेर व्याटिङ रोजेको पोखरा क्रिकेट क्लबले २० ओभरमा १२८ रन बनायो । अनिल गुरुङले ५८ रन बनाए । पोखरा क्रिकेट क्लबले ९ विकेटको क्षतिमा १२८ रन बनाउने क्रममा अनिलबाहेक अन्य व्याटरको योगदान उल्लेख्य देखिएन् ।
वाईनकिङ टी–२० कास्की जिल्लास्तरीय क्लब च्याम्पियनसिपमा सांग्रिलाका बलरतर्फ सुदीप पौडेलले तीन, राजु तामाङले तीन र विपिन खत्रीले दुई विकेट लिएका थिए । १२९ रनको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लब १९.१ ओभरमा ११३ रनमा समेटियो । १९.१ अोभर खेल्ने क्रममा सांग्रिलाका लागि विराट दवाडीले १६, विपिन खत्रीले १५ र अरुण अधिकारीले १३ रनको योगदान दिए । पोखरा क्रिकेट क्लबका बलर अनिष खड्काले ३ सुवास भण्डारीले २, अनिल गुरुङले २ विकेट लिए । प्रतियोगितामा पोखरा क्रिकेट क्लबका अनिल गुरुङ म्यान अफ दि म्याच घोषित भए ।
कास्की क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलको अध्यक्षतामा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले प्रतियोगिताको उद्घाटन गरेका थिए । आगामी फागुन १४ गते शनिबार दुई खेल खेलाइने छ । प्रतियोगिता ९ हप्ता चल्ने छ ।





