आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकी प्रदेश स्थापनाको अवसरमा परम्परागत खेल

गण्डकी प्रदेश स्थापनाको अवसरमा परम्परागत खेल


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २ २०७८, सोमबार

पोखरा/ गण्डकी प्रदेश सरकार स्थापनाको अवसरमा प्रदेश खेलकुद परिषदले प्रदेशको परम्परागत खेलहरुको आयोजना गरी मनाउने भएको छ ।
प्रदेशले आगामी ३ गते स्थापना दिवस मनाउने सन्दर्भमा प्रदेश राजधानी पोखरामा महिला तथा पुरुष ठेलो प्रतियोगिता गर्ने भएको हो । यस्तै परिषदले मनाङ र मुस्ताङमा पनि तारो र घोडचढीको आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशमा रहेको विभिन्न समुदायको मौलिक खेलको रुपमा प्राचिन समयदेखि नै खेलिँदै आएको खेललाई प्रवद्र्धन गर्ने उदेश्यकका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

गण्डकी प्रदेश खेलकुद परिषदले आइतबार पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताबारेमा जानकारी समेत दिएको छ । प्रदेश परिषदका सदस्य सचिव तेज गुरुङले पोखरामा प्रदेशस्तरीय ठेलो प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए । उनले परम्परागत खेलको विकास गर्ने उदेश्यले र परम्परागत खेललाई आधुनिक तरिकाले अघि बढाउने अभिप्रायले ठेलो खेलको आयोजना गरिएको बताए । गाउँघरहरुमा मेला महोत्वस तथा चाडबाडको समयमा खेलिँदै आएको ठेलो खेललाई आधुनिक तरिकाले परिमार्जित गर्दै नियम बनाएर प्रतियोगिता आयोजना गर्न लागेको उनको भनाइ छ । ‘प्रदेशको स्थापना दिवसको अवसरमा परम्परागत खेललाई जोड्ने सौभाग्य हामीले पाएका छौँ । यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा समावेश गर्नका लागि आधुनिक तरिकाले लानुपर्छ’, उनले भने,‘त्यसैले हामीले केही नियमहरु पनि बनाएका छौँ । गाउँमा जस्तो खेलाडीले जिन्स पाइन्ट वा अन्य कपडा लगाएर सहभागी हुन पाउनेछैनन् । खेल पोशाकमा सहभागिता हुनुपर्नेछ ।’

प्रतियोगिता ३ चरणको हुने उनले जानकारी दिए । प्रतियोगितामा ९ भन्दा बढी खेलाडी भएमा छनोट चरण हुने ९ जनाभन्दा कम खेलाडीको सहभागिता रहेमा सो फाइनल चरणकै खेल हुने बताए । गाउँमा खेलिने भन्दा केही फरक हुनेछ । खेलाडीले पहिलो चरणमा ३ पटकसम्म प्रहार गर्न पाउने छन । खेलाडीले चाहेको खण्डमा लगातार ३ पटक नै प्रहार गर्न पनि पाउनेछन् । यस्तै खेलेमा २ वा सो भन्दा बढी खेलाडीले नतिजा बराबर गरेमा उक्त खेलाडीको दोस्रो नतिजाको वरियतालाई आधार मानेर नतिजा घोषणा हुने गुरुङले बताए । दोस्रो नतिजामा समेत बराबरी भएमा क्रमश तेस्रो, चौथो, पाँचौ र छैटौँ प्रहारको उत्कृष्ट नतिजाको आधारमा घोषणा गरिने छ । गुरुङले ठेलो एक हातले मात्रै फाल्न पाउने र ठेलो फाल्दा साँधमा (निश्चित घेर) मा टेकेर फाल्नुपर्नेछ । अर्को नियम भनेको फालिएको ठेलो नखसेसम्म बाहिरी भुभागमा छुन गए मान्यता नपाईने उनले जानकारी दिए ।

प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुदमा समावेश गर्ने तयारीसमेत गरेको उनले सुनाए प्रतियोगिताको प्रथम हुनेले ६० हजार रुपैयाँ प्राप्न गर्नेछन् । दोस्रोले ३० हजार तथा तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।प्रतियोगिता मंगलबार पोखरा रंगशालामा हुनेछ । यस्तै मनाङ र मुस्ताङमा भने समय अनुकूल भएपश्चात प्रतियोगिता आयोजना गरिने आयोजकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->