आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रेवान भेट्रान्स टेनिस प्रतियोगिता हुने

रेवान भेट्रान्स टेनिस प्रतियोगिता हुने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०७८, शुक्रबार

पोखरा/ कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ हुने भएको छ । ३५ वर्ष माथि सिनियर भेट्रान्स तथा भेट्रान्स विगिनर गरी दुई वटा इभेण्टमा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव नविन श्रेष्ठले जानकारी दिए ।

नवप्रवेशितर्फको भेट्रान्स प्रतिस्पर्धा फागुण ८ देखि हुनेछ । त्यस्तै फागुण १० देखि सिनियर तर्फको प्रतिस्पर्धा शुरु हुनेछ । नवप्रवेशितर्फका सेमिफाइनलिष्टले सिनियरतर्फकोमुख्य प्रतिस्पर्धामा भाग लिन पाउने आयोजक संघले जनाएको छ । प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।

डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । फागुण १४ सम्म चल्ने प्रतियोगिताका लागि आयोजक संघले शक्ति शर्मालाई टुर्नामेण्ट डाइरेक्टरमा चयन गरेको छ ।

रेवानले यो प्रतियोगितालाई वार्षिक कार्यक्रममा राखेको छ । प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिंदै राष्ट्रिय स्तरको बनाइने रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । खेलकुदका मार्फत पर्यटन प्रवद्र्धनका लागि टेनिसलाई सहयोग गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->