आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ठेलोको उपाधि किरण र ऋषिसरालाई

ठेलोको उपाधि किरण र ऋषिसरालाई


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०७८, शनिबार

पोखरा/ गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको ठेलो प्रतियोगिताको उपाधि किरण विक र ऋषिसरा थापाले जितेका छन् ।
परम्परागत खेललाई आधुनिक तरिकाले प्रवद्र्धन गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा महिला तथा पुरुष ठेलो प्रतियोगिताको आयोजना गरेको थियो ।

ठेलो प्रतियोगिताको पुरुषतर्फ किरण विक प्रथम भए । पर्वतका विक ठूलो ठेलो (२२ पाउण्ड)मा १३.८८ मिटर र सानो ठेलो (१२ पाउण्ड)मा १९.६९ मिटर फाल्दै विजेत बनेका हुन् । विकले पुरस्कारमा नगद ४० हजार हात पारे । यस्तै रोहित विकले ठूलो ठेलोमा १३.५८ मिटर फाल्दै दोस्रो भए । स्याङजाका राजेश गुरुङ १२.९३ मिटर फाल्दै तेस्रो भए । सानो ठेलोतर्फ रविन विक दोस्रो भए उनले १९.३७ मिटर पर फाले । रोहित विकले १९.३३ मिटर पर फाल्दै तेस्रो भए ।

महिलातर्फ भएको प्रतियोगितामा ऋषिसरा थापाले १०.७३ मिटर पर फालिन । प्रतियोगितामा १२ पाउण्ड फालेकी उनले नगद २० हजार जितिन । दोस्रो स्थानमा रहेकी सरस्वती गुरुङले १०.६३ मिटर पर फालिन भने १०.२४ मिटर पर फालेकी शर्मिला थापा मगर तेस्रो भइन् ।
यस्तै परिषद्ले मौजा गाविस १ हाल पोखरा २० मा घरभई पोखरा १६ बस्दै आएका अग्रज ठेलो खेलाडी दक्षबहादुर गुरुङलाई सम्मान गरेको छ ।

प्रतियोगितामा विभिन्न जिल्लाका पुरुष ४० र महिला ७ गरी ४७ जनाको सहभागिता रहेको थियोे ।गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा परम्परागत खेल ठेलोलाई समेत समावेश गर्ने योजना बनाइरहेको छ । प्रदेशले ठेलो खेललाई केहि नियम बनाई राष्ट्रिय खेलमा समावेश गर्न सकिने सदस्य सचिव तेज गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->