आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रेवान भेट्रान्स टेनिस प्रतियोगिता सुरु

रेवान भेट्रान्स टेनिस प्रतियोगिता सुरु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०७८, सोमबार

पोखरा/ कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आइतबारदेखि रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ शुरु भएको छ । प्रतियोगिता अन्तर्गत नवप्रवेशी भेट्रान्सतर्फ भिष्मराज पौडेल, रविन गुरुङ, दुर्गा सुनार र राजेश गुरुङ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तर्गत सिनियर भेट्रान्सतर्फको खेल मंगलबारदेखि सुरु हुने प्रतियोगिता संयोजक नविन श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->