आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपाल विश्वकप छनोटको सेमिफाइनलमा

नेपाल विश्वकप छनोटको सेमिफाइनलमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०७८, मंगलबार

पोखरा/ नेपाल आइसीसी विश्वकप टि २० क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । ओमान क्रिकेट एकेडेमी मैदानमा भएको खेलमा क्यानडालाई ८ विकेटले हराउँदै नेपाल समूह ‘बि’ को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
निकै घातक बलिङ गरेको नेपालले ८१ रनको सामान्य लक्ष्य पाएको थियो । नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।

नेपाल समूह बि मा ३ खेलमा ६ अंककासाथ शीर्ष स्थानमा रह्यो । ओमान ३ खेलमा २ मा जीत र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । क्यानडा ३ खेलमा २ हार र एक जितसहित २ अंक जोड्दै तेस्रो स्थानमा रह्यो । फिलिपिन्स ३ खेलमा जीतविहीन हुँदै बाहिरियो ।

समूह ए बाट आयरल्यान्ड ३ खेल खेल्दै २ जित र १ हार सहित शीर्षस्थानमा रह्यो । युएईको ३ खेलबाट २ जित र १ हारसहित दोस्रो स्थानमा रह्यो । बहराइन ३ खेलमा २ जित र १ हार सहित तेस्रो स्थानमा रह्यो । तीनै टोलीको समान ४–४ अंक भएपनि आयरल्यान्डको नेटरनरेट ०.९९१, युएईको ०.६६७ र बहराइनको ०.२४० रह्यो । नेटरनरेटको कारण आयरल्यान्ड शीर्ष र युएई दोस्रो स्थानमा रहँदै सेमिमफाइनलमा पुगेका हुन् । जमर्नी तीन खेलमा जीतविहीन हुँदै बाहिरियो ।

अब नेपालले सेमिफाइनलमा समूह ए को उपविजेता युएईसँग खेल्नेछ । उक्त खेल जितेमा फाइनलसँगै विश्वकपमा पुग्नेछ । अर्को सेमिफाइनलमा ओमान र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । दुबै सेमिफाइनल मंगलबार र फाइनल बिहीबार हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->