आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भिष्मराज पौडेल नवप्रवेशीतर्फ कास्की च्याम्पियन

भिष्मराज पौडेल नवप्रवेशीतर्फ कास्की च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ११ २०७८, बुधबार

पोखरा\भिष्मराज पौडेल कास्कीका नवप्रवेशी टेनिस खेलाडीतर्फ च्याम्पियन बनेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताअन्तर्गत मंगलबार भएको फाइनल खेलमा राजेश गुरुङ्गलाई ६–३, ६–३ ले पराजित गर्दै भिष्मराजले पहिलो पटक सो उपाधि आफ्नों नाम गरेका हुन् ।
यसैविच प्रतियोेगिताअन्तर्गत सिनियर भेट्रान्स प्रतिस्पर्धा पनि मंगलबारदेखि नै सुरु भएको छ । रेवान पोखराको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले एक समारोहका बीच उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिनका खेलहरुमा राजु गुरुङ, रोबर्ट जे.हान, राजन पौडेल,नविन चालिसे, केवी लामा, नविन श्रेष्ठ, गोपीबहादुर भट्टराई, धरमसिंह लामिछाने, इन्द्र गुरुङले जित हाँसिल गरेका छन् । प्रतियोगितामा सिंगल तथा डबल्सतर्फ झण्डै ४० खेलाडीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->