आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘लिगिलिगे साइकल दौड’ को तयारी

‘लिगिलिगे साइकल दौड’ को तयारी


  • अर्जुन गाहा
  • फाल्गुन १४ २०७८, शनिबार

पोखरा/ भिलेज स्पोर्टस्ले आगामी चैत ४ गते गोरखाको पालुङटारमा आयोजना गर्ने दोस्रो संस्करणको ‘लिगलिगे साइकल दौड’ को तयारी तीव्र पारेको छ ।
ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको लिगलिगकोटलाई खेलकुदको माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजा गरिने दोस्रो संस्करणको प्रतियोगिताको तयारी तीव्र पारिएको स्पोर्टस्का अध्यक्ष सञ्जीव राना मगरले बताए ।
यसअघि पहिलो संस्करणको प्रतियोगिता सम्पन्न गरिसकेको बताउँदै उनले ऐतिहासिक गन्तव्य लिगलिगकोट ‘एडभेन्चर डेष्टिनेशन’ का रूपमा परिचित भैइसकेको बताए । ‘हामीले यस दौडलाई वार्षिक क्यालेण्डरमै राखेका छौँ’,उनले भने,‘हरेक वर्ष फागुन ७ गते राखेता पनि कोरोना महामारीले गर्दा चैत ४ गते आयोजना गर्न लागेका हौँ ।’

उनका अनुसार नेपाल एकीकरणअघि लिगलिगकोटमा घले मगरहरू दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । त्यही बेला दौडेर राजा हुने परम्परालाई पछ्याउँदै अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन साइकल दौड गरिएको अध्यक्ष रानामगरले जानकारी दिए ।

५२.९ किलोमिटरको दूरीको साइकल दौड प्रतियोगितामा विजेता बन्ने साइकिलिष्टलाई मेडल तथा प्रमाणपत्रसहित २५ हजार प्रदान गरिने अध्यक्ष रानामगरले बताए ।
उनका अनुसार द्वितीय र तृतीय स्थान हाँसिल गर्ने प्रतियोगीले मेडल तथा प्रमाणपत्रसहित क्रमश २०, १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सान्त्वनादेखि दशौं स्थान हाँसिल गर्ने खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
यसैगरी महिलातर्फ पनि सोही अनुसार १० जना खेलाडीलाई नगदसहित पुरस्कार प्रदान गरिने अध्यक्ष रानामगरले बताए । उनले पालुङटार नगरपालिका र गण्डकी प्रदेश भित्रका स्थानीय महिला तथा पुरुष खेलाडीलाई छुट्टाछुट्टै बिजेता घोषणा गरिने जानकारी पनि दिए ।
रानामगरका अनुसार साइकल दौड प्रतियोगिता लिगलिगकोटबाट सुरु भइ आँपपिपल, हर्मी भञ्ज्याङ, थापागाउँ, आँपपिपल हस्पिटल, सिर्दिखोला, भण्डारथोक हुँदै लमजुङको राइनास नगरपालिकाका गरमबेसी, चेपे दोभानहुँदै पालुङटार एयरपोर्ट आइपुग्नेछ । त्यहाँबाट ताल पोखरी, ठाँटी पोखरी, लुइँटेल हुँदै सभाचौतारोबाट लिगलिगकोट पुगेर टुंगिनेछ ।

प्रतियोगितामा सहभागी हुन आयोजकले दर्ता शुल्क प्रति व्यक्ति २ हजार निर्धारण गरेको छ । भने सहभागी खेलाडीलाई खाना र बास लगायतको व्यवस्था आयोजकले गर्नेछ । यसअघि सम्पन्न पहिलो संस्करणको लिगलिगे साइकल दौडमा एक सयजनाले प्रतिस्पर्धा गरेका थिए । –प्रशिक्षार्थी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->