बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

जनमतको अभिव्यक्ति : अबको राजनीति र प्रस्तुति

जनमतको अभिव्यक्ति : अबको राजनीति र प्रस्तुति


  • टीकाबहादुर कार्की
  • जेष्ठ २४ २०७९, मंगलबार

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट प्राप्त मतको अभिव्यक्तिले जहाँनिया राणाशासन, निर्दलीय पन्चायती व्यवस्था, बहुदलीय प्रजातन्त्र तथा गणतन्त्र नेपालको शासन व्यवस्थासम्म आइपुग्दा सर्वसाधारण मतदाताको सोचमा व्यापक परिवर्तन आउँदै गरेको महसुस हुन्छ । यसको ज्वलन्त उदाहरण देशको सुदूरपूर्व धरानदेखि सुदूर पश्चिमको धनगढीसम्म ठूला राजनीतिक दलका ठूलै नेतादेखि सामान्य कार्यकर्ता समेतलाई सबक सिकाउँदै सर्वसाधारण मतदाताले राम्रो सन्देश दिएका छन् ।

सत्ता संघर्षका रक्तपातपूर्ण घटना हुँदै शान्तिपूर्ण विरोध र सभ्य संस्कृतिको प्रदर्शनद्वारा शासन संचालन र पिर्के सलामीमा मक्ख पर्ने सत्तामा आसिन पदाधिकारीकाविरुद्ध र समर्थनमा भएका अनगिन्ति आन्दोलनहरुलाई राज्यशक्तिको प्रयोगबाट तह लगाउँदै आफ्नो, व्यक्तिगत तथा दलीय स्वार्थ सिद्ध गर्ने गरिएको भनि आलोचित परिपाटीलाई यस पटकको चुनावमा प्राप्त मत परिणामले झस्काएको हुनुपर्छ । ‘हामी शासनका लागी होइन, जनताको सेवाका लागि निर्वाचनको मैदानमा खडा भएका छौं भन्ने स्वतन्त्र उम्मेदवारलाई सेवकका रुपमा काम गरेको हेर्ने चाहना राखेको पाइयो । राजनीतिको बहसमा नआएको तर बिगतदेखि नै देशको दूरदराजसम्म केही उम्मेदवारमध्ये हाम्रालाई भन्दा राम्रालाई मतदान गरेर विजयको माला पहि¥याउँदा खासै चर्चा भएको थिएन ।

आज देशको मुटु मानिने राजधानी काठमाडांै महानगरमा बालेन, पूर्वको धरान उपमहानगरमा हर्कराज राई, सुदुरपश्चिमको धनगढीमा गोपाल हमाल चर्चित पात्रका रुपमा विजयी भइरहँदा समग्र मुलुकवासीलाई नयाँ सन्देश दिएको छ । जनताले विवेक प्रयोग गर्दै आफ्नो मतको गोप्य उपयोगद्वारा दलीय पन्जाबाट मुक्त स्वतन्त्र व्यक्तिलाई ठूला ठुला महानगरको बागडोर जिम्मा लगाएका छन् । निर्वाचनमा बुथ कव्जा गरेर, मतदाता तर्साएर, प्रलोभनमा पारेर चुनाब जितिने समय घर्किन लागेको महसुस हँुदैछ ।

अब, धन दौलतको प्रयोग, पहँुच र लावालस्कर, शान मानसहित प्रचारप्रसार तथा नकारात्मक टिकाटिप्पीद्वारा चुनावको मैदानमा उत्रिएका समकक्षीलाई होच्याउँदै मेरा प्रतिस्पर्धी नै छैनन् भन्ने उम्मेदवार तथा दलको दिन सकिएको छ । दलहरुले पराजयबाट पाठ सिक्दै केही खुम्चिएको स्वीकार्नु पनि जनमतको कदर हो । बालेन र गोपालको पछाडी केही प्रशंसक तथा प्रचारक भइरहँदा धराने हर्कराजसँग भने कोही देखिएन तर उनले जनमत लिए । नेतृत्व तहसम्म पहुँच र राम्रै प्रभाव भएकाले टिकट पाइरहने, तर मतदातासम्म नपुगेका र मतदाताले नपत्याएका व्यक्तिहरु पटकपटक पराजित भइरहेको अवस्थामा योग्यलाई टिकट दिनुपर्ने बाध्यता दलहरुमाथि आइलागेको छ । धन दौलत, विज्ञता र अन्य हैसियत प्राप्त व्यक्तिले उपयुक्त सुझावसहित राज्य संचालनमा सहयोग गर्नुपर्छ । सरकारले पनि उसको विज्ञता र क्षमतालाई उपयोग गर्ने रणनीति ल्याउनु पर्नेमा प्रभाव पार्नका लागि निर्वाचनमा होमेर सबैलाई धमिल्याउनु हँुदैन ।

अन्त्यमा, राज्य संयन्त्रको हरेक क्षेत्रमा उत्कृष्ट उम्मेदवार नियुक्ति गर्ने हैसियतमा रहनुहुने सार्वजनिक संस्थाका शासक वा पदाधिकारीहरु कम्तिमा आफ्नो विवेक, योग्यता, दक्षता र नैतिक धरातलमा स्वच्छ तथा निष्कलंकित व्यक्तित्वको उपस्थितिले सकारात्मक प्रभाव पार्न सक्ने हुदा यस्ता कुरामा ध्यान दिंदै शासकीय संस्कारमा परिवर्तन सहित जनताले महशुस गर्ने गरी काम गर्दै आफ्नो कार्यकाल सफल पार्नहुन चुनावमा विजेता सम्पुर्ण पदाधिकारीहरुलाई सुझावसहित शुभकामना छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->