आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

शुभकामना गोल्डकपको उपाधि क्यामरुनी क्लबलाई

शुभकामना गोल्डकपको उपाधि क्यामरुनी क्लबलाई


  • ढोरपाटन संवाददाता
  • असार १३ २०७९, सोमबार

पोखरा/ नेपाल आइस छैटौं शुभकामना अन्तराष्ट्रिय गोल्डकपको उपाधि क्यामरुनको एभिनियर क्ल्बले उचालेको छ ।
हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा आइतबार भएको खेलमा आयोजक हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै एभिनियरले नगद ६ लाख रुपैयाँसहित उपाधि उचालेको हो । हेम्जाले ३ लाख रुपैयाँ प्राप्त ग¥यो ।

एभिनियरले खेलको सुरुवातमै गोल गरेपनि त्यो अफसाइड रह्यो । पहिला बल चलाएको एभिनियरले सुरुवातमै आक्रमण गरेको थियो । आक्रमक शैलीको फुटबल खेलको एभिनियरले खेलभर हेम्जालाई निकै दबाबमा राख्यो । सेन्टरबाट चलेको बललाई विल्लेले नियन्त्रणमा लिदैँ अघि बढाउँदै साङलाई दिएको पासमा उत्कृष्ट गोल गरेपनि अफसाइड रह्यो । एभिनियरले खेलको छैटौं मिनेटमा नै गोल गर्दै अग्रता लियो । हेम्जाका डिफेन्डर सुमन अर्यालले क्लियर गर्नेक्रममा एभिनियरले कर्नर प्राप्त गरेको थियो ।

विल्लेले प्रहार गरेको कर्नरमा आनिसेले हेडर मार्फत गोल गरे । निकै दबाबमा परेको हेम्जाले खेलको ३५ औं मिनेटमा गोल गर्दै खेलमा फर्किएको थियो । एभिनियरका डिफेन्डर र गोलरक्षक कोभास्सी झुक्किरहँदा सुशील राईले उत्कृष्ट गोल गरे । खेलको पहिलो हाफ बराबरीमै रोकिएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक बनको खेलको दोस्रो हाफमा हेम्जाको गोलपोस्ट निकै व्यस्त रह्यो । रक्षात्मक खेल खेलेको हेम्जाले दोस्रो हाफमा गोल गर्न नदिँदा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

थप गरिएको अतिरिक्त ३० मिनेटमा एभिनियरले २ गोल गर्दै ३–१ को स्थिति बनाएपछि उपाधि चुमेको हो । खेलको ९८ औं मिनेटमा साङले गोल गरे । यस्तै १०६ औं मिनेटमा विल्लेले गोलगर्दै जित निश्चित गराएका थिए ।

दिप कार्की सर्वोत्कृष्ट खेलाडी

हेम्जा युनाइटेडका गोलरक्षक दिप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले नगद ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गरे । आयोजक हेम्जा युनाइटेडलाई फाइनलमा पु¥याउनुमा उनको महत्वपूर्ण योग्दान रहेको थियो ।

यस्तै हेम्जा युनाइटेडकै आसिक गुरुङ उत्कृष्ट डिफेन्डर घोषित भए भने सुशील राई उत्कृष्ट फरवार्ड घोषित भए । एभिनियरका गोलरक्षक कोभास्सि उत्कृष्ट गोलरक्षक, एभिनियरकै नेल्सन उत्कृष्ट मिडफिल्डर र आसिक थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको उदीयमान खेलाडी हेम्जाका मनिश थापा घोषित भए । उनीहरु सबैले समान २०÷२० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गरे । प्रतियोगिताको अनुशासित टिम कालिका फुटबल क्लब घोषित हुँदै २५ हजार प्राप्त ग¥यो ।

घोषित हुँदा सर्वाधिक गोलकर्ता भने एभिनियरका विल्ले र हेम्जाका कमल थापा मगर रहे उनीहरुले समान ३÷३ गोल गरे । उनीहरुले २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको पुरस्कार गण्डकी प्रदेश युवा तथा खेलकुदमन्त्री राजिव गुरुङले प्रदान गरे ।

असार ४ गतेदेखि संचालन भएको प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, वीरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेडको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->