आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा स्पोर्टस् अवार्डलाई निसीखोला गाउँपालिकाले सहयोग गर्ने

पोखरा स्पोर्टस् अवार्डलाई निसीखोला गाउँपालिकाले सहयोग गर्ने


  • ढोरपाटन संवाददाता
  • असार १८ २०७९, शनिबार

पोखरा/ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार हुन लागेको पोखरा स्पोर्टस् अवार्ड –२०७८ लाई सफल बनाउन बाग्लुङको निसीखोला गाउँपालिकाले सहयोग गर्ने भएको छ ।

मञ्चले शनिबार पोखरामा आयोजना गर्न लागेको पोखरा स्पोर्टस् अवार्डलाई सफल बनाउन गाउँपालिकाले ५० हजार सहयोग गर्ने भएको मञ्चका कोषाध्यक्ष कविता घर्ती मगरले जानकारी दिइन् ।

गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डलाई सफल बनाउन बाग्लुङकै दुर्गम निसीखोला गाउँपालिका जोडिन पाउँदा खुशी लागेको पालिका अध्यक्ष सुर्य बहादुर घर्ती मगरले बताए । उनले भने, हामीलेपनि पालिकाभित्रका क्षेत्रमा खेल गतिविधिलाई जोड दिइरहेका छौं , यसरी आयोजना गरिएको प्रदेशस्तरिय कार्यक्रमले खेलाडीमा हौसला बढाउन सहयोग मिल्ने विश्वास लिएका छौं ।

पत्रकारको संस्थाले समग्र खेल क्षेत्र र खेलाडीको मनोवल बढाउन कार्यक्रमको आयोजना गर्नु निकै प्रशंसनिय भएको पालिका उपाध्यक्ष प्रेमबहादुर घर्तीले जानकारी दिए ।
भन्दै आगामी दिनमा पनि पालिकाको तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

यसपालि विभिन्न ७ विधामा अवार्ड प्रदान गरिनेछ । मञ्चले २०७९ असार १८ मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी ती विधामा अवार्ड प्रदान गर्नेछ ।

जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आभ्या क्लब, युनाइटेड नेसनको वातावरण पार्टनर टेल जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, परिचय एड्भर्टाइजिङ, चिल्लिबार एण्ड रेष्टुरेन्ट, टाइगर गुप्र अफ पोखरा, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, जापानबाट पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, मनकामना पेट्रोलपम्प, शितलज्योती युवा क्लब, लाइफकेयर डाईग्नोस्टिक्स एण्ड रिर्सच सेन्टर, सुनगाभा न्युज, स्टेशन गैह्रापाटन, सिटीजन फर्निचर, जिल्ला खेलकुद विकास समिति कास्की, गण्डकी एण्ड धौलागिरी सप्लायर्स प्रालि लगायत सहयोगीको रुपमा जोडिएको मञ्चले जनाएको छ । यसैगरी पोखरा रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा परिवारको तर्फबाट विगतदेखि प्रदान गर्दै आएको उत्कृष्ट खेल पत्रकार पुरस्कारलाई यसपाली समेत निरन्तरता दिनेछ ।

अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा गायक विनोद वानिया, हाँस्यकलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रज्ञा प्रतिष्ठानको कल्चरल नृत्य, गण्डकी बिव्वाइजको बिबोइङ नृत्य, मन क्षेत्रीको गजल वाचन तथा दीपक गोदारको संयोजकत्वमा डेमोस्ट्रेशन रहनेछ ।

दिउँसो ३ बजे सुरु हुने कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको मञ्च अध्यक्ष दीननाथ बरालले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->