आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

४ वर्षमा सकियो प्यारापिट सहितको फुटबल मैदानको काम

४ वर्षमा सकियो प्यारापिट सहितको फुटबल मैदानको काम

फ्लड लाइट प्रति प्रदेशको नजर ।


  • ढोरपाटन संवाददाता
  • असार १८ २०७९, शनिबार

पेखरा/ पोखरा रंगशालामा पुनः निमार्ण गरिएको १७ हजार पाँच सय प्यारापिट सहितको फुटबल मैदान चार वर्षमा सम्पन्न भएको छ । सुरुवातमा ६ महिनामा सक्ने लक्ष्य लिएपनि अन्तराष्ट्रिय मापदण्ड सहितको मैदान निमार्ण गर्न ४ वर्ष लागेको हो ।

अब मैदान हस्तान्तरणको मात्रै काम बाकीँ रहेको छ । २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पले क्षति पु¥याएको पोखराको फुटबल मैदानको पुनः निमार्ण गरिएको थियो ।

२०७५ सालमा निमार्ण थालिएको मैदान ४ वर्षमा सम्पन्न भएको हो । १ अर्ब २८ करोड रुपैयाँमा निमार्ण गरिएको मैदान ६ महिनामा सक्ने योजना समयमा सम्पन्न हुन भने सकेन । पटक–पटक म्याद थप गरि बनाइएको फुटबल रंगशालाको सरसफाइ बाहेक सबै काम सकिएको प्रोजेक्ट इन्जिनियर पुरुषोत्म बरालले जानकारी दिए ।

‘अब सबै काम सकियो । सरसफाइको काम चलिरहेको छ । त्यो बाहेक बनाउँदै गर्दा कहि कतै विग्रिएको छ की भनेर जाचँ गर्ने काम बाकिँ छ’ उनले भने ।

पोखरामा १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) लक्षित गर्दै निमार्ण गरिएको थियो । मैदानको लागि दुवो भारतको कोलकत्ताबाट ल्याइएको हो भने स्टिल मोडुलर ग्राण्डस्ट्यान्ड (प्यारपिट ) को सामान भने फ्रान्सबाट ल्याइएको हो । उक्त प्यारापिट जडानको लागि फ्रान्स बाट दुई जना प्राविधिक समेत पोखरा आएका थिए ।

पोखरा रंगशालामा जडित सिट रातो र निलो रंगको रहेको छ । उक्त सिट नेपालको झण्डा संग मिल्ने गरी राखिएको हो । भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जावलाखेल ललितपुर ( जे.भी ) ले निमार्ण गरेको हो ।

विसं २०४० सालमा निर्माण गरिएको फुटबल मैदानको विशिष्ट कक्ष २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेको थियो ।
नयाँ भौतिक संरचना निर्माण गर्ने उद्देश्यसहित २०७५ फागुनमा मैदानको पुर्व पश्चिम रहेका दुई प्यारापिट भत्काईएको थियो । फुटबल मैदानमा साधारणका लागि १६ हजार ५ सय, विशिष्ट १ सय २५ र २५ अति विशिष्ट प्यारापिट निर्माण गरिएको हो । फुटबल मैदान, खेलाडी चेञ्जिङ रुम, एथलेटिक्स ट्रयाक, तथा मिडिया सेन्टर, हल, शौचालय, लगायतका पूर्वाधार रहेका छन् ।

१७ हजार पाँच सय दर्शक क्षमता प्यारापिट सहितको मैदान निमार्ण हुँदै गर्दा त्यसलाई बढाएर २० हजार दर्शक क्षमताको बनाउने चर्चा चलेको थियो । तर, पछिल्लो समय २० हजार दर्शक क्षमताको प्यारापिट बनाउने काम भने अधुरै रहेको छ । तत्कालिन समयमा पोखरामै आएर राखेप सदस्य सचिव रमेश शिलवाल र सदस्य राजेश गुरुङले २० हजार दर्शक क्षमताको रंगशाला निमार्ण गर्ने बताएका थिए । तर अहिले थप ३ हजार पाँच सय सिट जडान नहुने भएको छ ।

फ्लड लाइट र स्कोर बोर्ड नभए अन्तराष्ट्रिय खेल गुमाउँछ पोखरा

पोखरामा अन्तराष्ट्रिय स्तरको फुटबल मैदान बनेपनि फ्लड लाइट र स्कोरबोर्ड नभएको खण्डमा भने फिफाको मापदण्ड अनुसारको मैदान मात्रै हुनेछ तर, पुर्वाधार भने अपुरो रहनेछ । सबैकाम सकिएपनि फ्लड लाइट र स्कोरबोर्ड फुटबलमा आवस्यक पर्छ । तर, दुर्भायपूर्ण कुरा पोखरा फुटबल मैदान अन्तर्राष्ट्रियस्तरमा हुनुपर्ने मापदण्ड अनुसार भने छैन । विश्व फुटबल संघ (फिफा) को मापदण्ड अनुसार फुटबल मैदानमा स्कोर बोर्ड र फ्लड लाइट हुनै पर्दछ । यदि मैदान अन्तर्राष्ट्रिय भएपनि आवश्यक मापदण्ड पुगेन भने अन्तर्राष्ट्रिय खेल खेलाउन फिफाले मान्यता दिँदैन । यतिमात्र होइन लाइट र स्कोर बोर्ड नहुँदा प्रतियोगिता खेल्न समेत मान्दैनन् । मैदानलाई एसियाली फुटबल महासंघ (एएफसी)ले समेत अयोग्य ठह¥याउँछ ।

फ्लड लाइट र स्कोर बोर्ड नभएकै कारण २०७७ सालमा पोखराले विश्वकप छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा खेल खेल्दै गर्दा गुमाउन पुग्यो ।
यता गण्डकी प्रदेश सरकारले भने फ्लडलाई राख्नका लागि आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरेको छ भने संघ सरकारसंग समेत समन्वय गर्ने भएको छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममा नै समेटेर फ्लड लाइटको व्यवस्था गर्ने बतएको थियो । उक्त दुई कुरा भएको अवस्थामा पोखराले पनि ठुला अन्तराष्ट्रिय खेल खेलाउन पाउने छ । प्राकृतिक रुपमा निकै उत्कृट मैदानमा फ्लड लाइट र स्कोर बोर्ड नहुनु दुर्भाग्यपूर्ण कुरा हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->