आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भदौ दोस्रो सातामा नेपालमा महिला साफ

भदौ दोस्रो सातामा नेपालमा महिला साफ


  • ढोरपाटन संवाददाता
  • असार २० २०७९, सोमबार

पोखरा/ आगामी भदौको दोस्रो साता नेपालमा महिला साफ च्याम्पियनसीप हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपालको प्रस्तावलाई स्वीकार गरेपछि महिला साफ च्याम्पियनसीप पक्का भएको हो । प्रतियोगिता भदौं १३ देखि २५सम्म आयोजना हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको नेतृत्वमा रहेको नेपाली टोलीले साफ च्याम्पियनसीप काठमाडौंमा आयोजना गर्न प्रस्ताव गरेको थियो । नेपाली टोलीले शुक्रबार बंगलादेशको ढाकामा साफका महासचिव अनवरुल हक हेलालसँग पनि भेट गरेको थियो ।

यो प्रस्तावलाई साफ अर्डिनरी कंग्रेस २०२२ अघिको साफको कार्यकारी समितिको बैठकले अअनुमोदन गरेको थियो । साफ अर्डिनरी कंग्रेस २०२२ ढाकामा भएको थियो । यो कंग्रेसले काजी मोहम्मद सलाहुद्दीनलाई साफको अध्यक्षमा निपर्वरोध निर्वाचित गरेको छ । उनले अब २०२६ सम्म कार्यभार सम्हाल्नेछन् ।

कंग्रेसले भुटान फुटबल फेडेरसनका उगेन वाङ्चुकलाई साफको कार्यकारी सदस्य र श्रीलंका फुटबल महासंघका अध्यक्ष जसवर उमरलाई साफको प्रतिनिधित्व गर्ने एएफसी कार्यकारी समितिको सदस्यमा नियुक्त गरेको छ । त्यस्तै साफ अनुशासन तथा आचार संहिता र साफ आचार संहिता पनि कार्यकारी समितिबाट स्वीकृत भएको छ ।

नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ विराटनगरमा आयोजना गरेको थियो । जसमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । साफ कंग्रेसमा सहभागी हुन महासचिव राईको नेतृत्वमा तीन सदस्यीय टोली बिहीबार ढाका प्रस्थान गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->