आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकी प्रदेश राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

गण्डकी प्रदेश राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७९, बिहिबार

पोखरा/ गण्डकी प्रदेशस्तरीय छात्र/छात्रा राष्ट्रपति रनिङ शिल्डको सम्पूर्ण तयारी पूरा भएको छ ।

बिहीबारबाट सुरु हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको हो । प्रतियोगितानको गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले गर्ने परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले जानकारी दिए ।

राष्ट्रपति रनिङ शिल्डमा कास्की, स्याङजा, मुस्ताङ, पर्वत, गोरखा, लमजुङ, नवलपुर, तनहुँ बागलुङ र म्याग्दीको सहभागिता रहेको छ । वर्षाका कारण सडक अवरोध भएका कारण मनाङले सहभागिता जनाएको छैन । प्रतियोगितामा १० जिल्लाका करिव ५ सय ७४ खेलाडीहरुको सहभागिता रहने भएको आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत टिम गेमतर्फ छात्र/छात्रा एथलेटिक्स, भलिबल, कब्बडी र मार्शल आर्टतर्फ तेक्वान्दो, उशु र कराते खेल हुनेछन् । प्रतियोगिताको समापन २४ गते हुने र सम्पन्न हुने प्रतियोगिताबाट राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोटसमेत गरिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->