आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड पोखरामा सुरु

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड पोखरामा सुरु


  • ढोरपाटन संवाददाता
  • असार २४ २०७९, शुक्रबार

पोखरा/ पोखरामा बिहीबारबाट सुरु भएको गण्डकी प्रदेशस्तरीय छात्र/छात्रा रनिङ शिल्ड प्रतियोगिता–२०७८ मा स्याङजाकी जानकी खरालले दुई स्वर्ण हात पारेकी छन् ।
छात्रातर्फ ८०० मिटरमा जानकीले २ मिनेट ४१।२ सेकेण्डमा पूरा गर्दै स्वर्ण हात पारिन् भने १५०० मिटर दौड उनले ५ मिनेट २६.४ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । छात्रातर्फ ८०० मिटर दौडमा तनहुँकी बिनिता सार्की २ मिनेट ५२ सेकेण्डमा दौड पूरा गर्दै रजत पदक हात पार्दा बागलुङकी गंगा सुनारले २ मिनेट ५६.०३ सेकेण्डमा दौड पूरा गर्दै कास्य पदक हात पारिन् ।

यस्तै ८०० मिटर छात्र दौडमा बादल कार्कीले २ मिनेट ०५.०९ सेकेण्डमा दौड पूरा गरी स्वर्ण जिते भने कास्कीका प्रवेश आचार्यले २ मिनेट ०८ सेकेण्डमा दौड पूर गरी रजत र लमजुङका विकास पोखरेल २ मिनेट ०९.०१ सेकेण्डमा दौड पूरा गरी कास्य पदक प्राप्त गर्न सफल रहे ।

यस्तै १५०० मिटर छात्रातर्फको दौडमा बागलुङकी पार्वती नेपालीले ५ मिनेट ४०.३ सेकेण्डमा दौड पूरा गरी रजत पदक जितिन् भने नवलपुरकी यमुना थापाले ५१ मिनेट ४५.५ सेकेण्डमा दौड पूरा गरी कास्य पदक जित्न सफल भएका छन् । छात्रतर्फको १५०० मिटर दौडमा पर्वतका कृष्ण परियारले ४ मिनेट २२.९ सेकेण्डमा दौढ पूरा गरी स्वर्ण जितेका छन् भने लमजुङका विकास पोखरेलले ४ मिनेट २९.२ सेकेण्डमा दौड पूरा गरी रजत र कास्कीका बिबेक परियारले ४ मिनेट ३२.१ सेकेण्डमा दौड पूरा गरी कास्य पदकमा चित्त बुझाए ।

यस्तै १०० मिटर दौड छात्रतर्फ नवलपुरका ताराप्रसाद थनेतले स्वर्ण पदक जितेका छन् । आफ्ना १० प्रतिष्पर्धीलाई उछिन्दै उनले १२.२ सेकेण्डमा पूरा गरी स्वर्ण जितेका हुन् । छात्रतर्फ नै १२.०३ सेकेण्डमा दौड पुरा गरेका तनहुँका प्रेम बहादुर थापाले रजत पदक हात पार्दा म्याग्दीका आशिष केसीले कास्य पदक प्राप्त गर्न सफल भए ।छात्रा १०० मिटर दौडमा स्याङजाकी समिक्षा गैरेले १४।६६ सेकेण्डमा दौड पूरा गरी स्वर्ण पदक हात पारेकी छन् भने नवलपुरकी प्रतिक्षा वाग्लेले १५.२१ सेकेण्डमा दौड पूरा गरी रजत र लमजुङकी लक्ष्मी परियारले १६.०० सेकेण्डमा दौड पूरा गरी कास्य पदक हात पारिन् ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले खेलकुद विकासका लागि लगानी बढाउनु पर्ने कुरामा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->