आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फ्रेन्चाइज फुटबल लिग एनएसएल अन्यौलमा

फ्रेन्चाइज फुटबल लिग एनएसएल अन्यौलमा


  • ढोरपाटन संवाददाता
  • असार २८ २०७९, मंगलबार

पोखरा, २८ असार– नेपाली फुटबलमा पहिलो पटक भित्रिएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) अन्यौलमा परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमिति आएसंगै फ्रेन्चाइज लिग अन्यौलमा परेको हो । एनएसएलको भविष्यका बारेमा एन्फा कार्यसमितिको बैठकमा नै छलफल हुने भएको छ । नवनिर्वाचित एन्फा अध्यक्ष पंकज नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादखुर खड्का, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशीसँग आइतबार एनएसएलका प्रतिनिधिको अनौपचारिक भेटमा एन्फा कार्यसमिति बैठकले एनएसएल बारेमा छलफल गरेर आवश्यक निर्णय लिने भएको छ ।
एनएसएलबाट ए डिभिजनका ४ क्लबले असन्तुष्टि जनाउँदै आएका थिए । उक्त ४ क्लबका प्रतिनिधि र एन्फा वरिष्ठ उपाध्यक्ष खड्कासहितको छलफलबाट एनएसएलसँग रहेको हालको सम्झौता रद्द गर्ने सिफारिस भएपछि एनएलएल अन्योलमा परेको हो । यसअघि कर्मा छिरिङ शेर्पा नेतृत्वको एन्फाले ४ वर्षका लागि एनएसएल संग सम्झौता गरेको थियो । कर्माको सद्यैँ विरोधमा रहेका नेम्वाङ सहित एनएसएललाई गोल्डकपको धारणा दिएका खड्का अहिले नेतृत्वमा रहेका छन् । अघिल्लो नेतृत्वले नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीसँग सम्झौता गरेको थियो । उक्त कम्पनीले पहिलो संस्करण सम्पन्न गर्दै हाल दोस्रो संस्करणका लागि खेलाडी अक्सनसमेत गरिसकेको थियो ।
अन्यौलताका बारेमा बुझ्नका लागि आफूहरुले एन्फा नेतृत्वसँग छलफल गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले बताए । अहिलेको सम्झौतामा कतिपय त्रुटि रहेको र त्यसलाई खारेज गरेर नयाँ सम्झौता गर्नुपर्छ भन्ने एन्फा नेतृत्वको आशय रहेको उनले बताए । एन्फाले आगामी साउन २ गतेको बैठकमा उक्त विषयलाई प्रमुख विषयको रुपमा अघि बढाउँदै छ । एन्फा र एनएसएल आयोजकबीच एनएसएलका लागि भएको हालको सम्झौता रद्द गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने एन्फा महासचिव किरण राईले बताए यसअघि एन्फाले भदौ २५ गतेबाट एनएसएलको दोस्रो संस्करण आयोजनाका लागि स्वीकृति दिएको थियो ।
दोस्रो संस्करणको प्रतियोगिता पोखरामा समेत गराउने आयोजकको तयारी रहेको थियो । दोस्रो संस्करणमा ३ नयाँ टिम थप गरी १० टिम पु¥याइएको थियो । दोस्रो संस्करणको फ्रेन्चाइज लिग भदौ २५ देखि कार्तिक ५ गतेसम्म आयोजना हुनेगरी मिति तय भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->