पोखरा/ नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले निर्वाचन जित्न एकतावद्ध एमाले आवश्यक भएको वताएकी छन् । उनले आउँदो संघीय र प्रदेशसभा निर्वाचनका लागि एकताबद्ध भएर मैदानमा लाग्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिइन् । स्थानीय तहको निर्वाचनमा पराजित हुनुमा एमालेभित्रको आन्तरिक कारण पनि केही जिम्मेवार भएको वताउदै उपाध्यक्ष शाक्यले अवको निर्वाचन जित्न एकताबद्ध एमाले आवश्यकता रहेको वताईन ।
उनले आईतवार पोखरामा भएको एमाले गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै भनिन्, ‘पार्टीको आन्तरीक जीवनमा भएका कमीकमजोरी सच्याएर अघि बढ्नुको विकल्प छैन् ।’ प्रतिस्पर्धीसंगको लडाई भन्दा आन्तरीक समस्या निर्वाचन हारको गम्भीर कारण भएको भन्दै एमालेको पक्षमा रहेको जनलहरको रक्षा गर्दा मात्रै पनि एमालेका पक्षमा निर्वाचनको नतिजा आउने बताईन् । स्थानीय तह निर्वाचनको समिक्षा सकिएको भन्दै उनले त्यसबाट पाठ सिकेर आसन्न निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिईन् ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै शाक्यले एमाले गण्डकी प्रदेशमा नमुना बन्नुपर्नेमा जोड दिईन् । उनले सबै हिसावले शशक्त रहेको एमालेलाई परिणाममुखी बनाउनेगरी नेतादेखि कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिईन ।
सत्ता गठबन्धनमा रहेका दलहरुको ज्यादती नेपाली जनताका लागि सहनै नसक्नेगरी बढीरहेको भन्दै राष्ट्रियता र जनजीविकाका सवालमा गठबन्धन इमान्दार नरहेको बताईन् । प्रशिक्षण भेलामा एमाले
उपमहासचिव पृथ्वीसुव्वा गुरुङले कम्युनिष्ट कार्यकर्ताहरुले आचरण सुधार गर्नुपर्नेमा जोड दिए । ‘कांग्रेस र कम्युनिष्ट कार्यकर्तामा के फरक रहयो र ? कम्युनिष्ट कार्यकर्तामा त आचरण र अनुसासन हुनुपर्यो नी !’ कार्यकर्तालाई निर्देशन दिँदै गुरुङले भने ‘अहिले नसुध्रिए हामि कहिले सुध्रिने ?’
उनले कांग्रेसकापछि लागेका कम्युष्टि नाम गरेका पार्टीहरु कम्युनिष्ट नरहेको जिकीर गरे । ‘बुर्जुवाको पछि लागेर कम्युनिष्ट भैदैन्’ उनले भने ‘नाम मात्रैका कम्युनिष्टले जनताको सेवा गर्न सक्दैन् ।’
नेकपा एमालेका सचिव पद्मा अर्याल, अनुशासन आयोगका सचिव भरत पहारीले प्रशिक्षण दिएका थिए । प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव धनञ्जय दवाडीले र स्वागत उपाध्यक्ष मोहनप्रसाद रेग्मीले गरेका थिए । प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाका नेता कार्यकर्ता सहभागी थिए ।





