शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

धनीको खेल रोजेका गरीब खेलाडी

धनीको खेल रोजेका गरीब खेलाडी

बल ब्वाइदेखि अन्तर्राष्ट्रिय प्रशिक्षकसम्मको यात्रामा प्रदीप ।


  • विजय नेपाली
  • भाद्र ३ २०७९, शुक्रबार

लन टेनिस अर्थात् विश्वमा सबैभन्दा महंगो खेल । टेनिस खेललाई धनीहरुको खेल भनिन्छ । कर्पोरेट क्षेत्रले रुचाउने यो खेलबाट एक गरीब युवाले आफ्नो परिचय बनाएका छन् । पोखराबाट उदाएका युवा स्टार प्रदीप खड्काललन टेनिसमा रेकर्ड बनाएर देखाएका छन् । रेकर्ड गरिब खेलाडीले बनाइदिएका छन् ।

खेलाडीहरुको आफ्नै कथा अनि व्यथाहरु हुन्छन् । त्यस्तै कथा र व्यथाकै भारी बोकेकामध्ये एक हुन नेपालका नम्बर एक टेनिस खेलाडी प्रदीप खड्का । लन टेनिसको इतिहासमा पहिलोपटक साग गेममा पदक ल्याउने प्रदीप २४ मा दगुर्दै छन् । टेनिस खेल्न थालेको जम्मा १० वर्ष पुग्यो । १० वर्ष अघिसम्म बल टिप्नमै रमाउने प्रदीपको उचाइले छलाङ मारिसक्यो । माछापुच्छे्रबाट आउने हावाको वेग जुन गतिमा बगेको छ प्रदीप पनि सोही गतिमा बगिरहेका छन् । ८ वर्षको हुँदा पोखरा ५ पस्र्याङस्थित लनटेनिस कोर्टमा बल टिपेर पैसा पाउने आशामा पुगेका प्रदीपले खेलेरै पनि पैसा आउँछ भन्ने प्रतियोगिता जितेपछि मात्रै थाहा पाए । बुबाले अर्कै श्रीमती लिएर हिँडेपछि आमाको काँधमा घरको जिम्मेवारी सबै आइलाग्यो । २ छोराकै मायाले आमाले बुबाको जस्तो कदम चालिनन् । दुःख–सुख गरेर बढाउने बढाउने काम गरिन् । आर्थिक अवस्थाले कमजोर भएको कारण आमा पस्र्याङको फाँटमा खेतालो जान्थिन् । आमाको पछि लाग्दा प्रदीपले पहिलोपटक टेजिस कोर्ट देखेका थिए ।

कोर्टमा टेनिस खेल्नेहरुले बल बाहिर फाल्थे । उनी बल टिप्थे र दिएको पैसा हात थाप्थे । बल टिप्दा पाउने पैसाले उनको भोग माथ्र्यो । एकदिन कसैले उनलाई कोर्टभित्र बोलायो । बलव्याइको काम दियो । बलव्वाइको भूमिकामा टिप्स पनि पाइने । उनी त्यतै भुले । सुरुसुरुमा शनिबारमात्र उनी त्यहाँ पुग्थे । सरकारी स्कूलको पढाइ राम्रै थियो जसै टेनिसको लगाव बढ्दा पढाइ खस्कँदै गयो । घरमा पनि दैनिकजसो गाली खानुपथ्र्यो ।

बल टिप्न जाँदा उनको छरितो र दिमाग देखेर पोखराकै अग्रज खेलाडीहरुले उनलाई टेनिस सिकाउन थाले । ¥याकेटदेखि हरेक कुरा किनिदिन थाले । ३ महिना जति प्रशिक्षण गरेर १४ वर्षको उमेरमा पहिलो पटक जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा आफुलाई डेब्यु गराए । सन् २०१४ सालमा काठमाडौंमा भएको दोस्रो नेपाल जुनियर खुल्ला लन टेनिस च्याम्पियनसिपले उनको जिवनको बाटोनै मोडिदियो । पुरुष डबल्सतर्फ उनी रनरअप भए । उनको जीवनको त्यो नै डेब्यु खेल थियो । डेब्युमै उनी उपाधि नजिक पुगे । त्यसपछि उनी कहिल्यै पछि फर्किनु परेर । ‘२–३ महिना टे«निङ गरेर गेम खेल्न जाँदा ए ! खेल्दा त यस्तो हुँदो रहेछ है ! भन्ने लाग्यो । अनि खेल्न सुरु गरँे’, उनले भने ।

पोखराबाट टेनिसमा उदाएका उनी अहिले नवौं खेलकुदको तयारीमा छन् । गण्डकीको प्रतिनिधित्व गर्दै उनले सन् २०१५ मा ७ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा आफुलाई सावित गरे । उनले टिम इभेन्टमा स्वर्ण हात पारे । उनको त्यो यात्रा कायमै रह्यो । ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत उनले पदक हासिल गरे । २०२० मा १५ औं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदान गरेको स्पोट्र्स अवार्डमा उनी उत्कृष्ट वर्ष खेलाडी घोषित भए । यस्तै १३ औं सागमा लन टेनिसले पहिलो पटक पदक हासिल ग¥यो । टेनिस इतिहासमा यो नै साग गेमको पहिलो पदक थियो । त्यो बाहेक उनी खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्दै आइरहेको पोखरा स्पोट्र्स अवार्डमा उदीयमान खेलाडी र वर्ष खेलाडी पुरुषबाट सम्मानित भइसकेका छन् । यस्तै उनी दोस्रो पटक लन टेनिसको नेपालको नम्बरवान खेलाडी भएका छन् ।

पढाइमा दश जोड २ पूरा गरेका प्रदीप २२ वर्षकै उमेरमा विदेशी प्रशिक्षक बने । ‘प्रशिक्षक हुनु र खेलाडी हुनुमा धेरै भिन्नता हुँदो रहेछ । खेलाडी हुँदा हामी हाम्रो पर्फममा ध्यान दिन्छौँ’, उनले भने,‘तर, प्रशिक्षक हुँदा खेलाडीको पर्फमेन्सदेखि उसको स्वास्थ्य, आनीबानी, मन मस्तिस्क सबैमा ध्यान दिनुपर्ने रहेछ ।’ उनी गण्डकी टेनिसको तारा हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->