यौनजन्य सरुवा रोगहरु (एस्टिडिज) भन्नाले बिभिन्न अशुरक्षित तथा अप्राकृतिक यौन सम्पर्क वा यौनजन्य क्रियाकलापबाट सर्ने सरूवा रोगहरु हुन् । नेपालको सन्दर्भमा बिरामीको ३०–३५ प्रतिशत बिभिन्न यौनजन्य समस्याबाट संक्रमित छन् । जसमध्ये झण्डै आधाभन्दा बढी १५ देखि २५ वर्ष उमेर समूहका छन् ।
तपाईं कसरी जोगिन सक्नुहुन्छ ?
एस्टिडीबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको मौखिक, योनिगत र मलद्वार पर्यन्त कुनै पनि यौनजन्य क्रियाकलापमा नलाग्नु र (लुतो जस्ता समस्याको कमी भने संक्रमितले प्रयोग गरेको कपडा तथा बडी रोलर पफ्र्युम साझेदारी नगर्नु हो । तर यदि तपाईंको यौनक्रियामा सक्रिय हुने विचार छ या अहिले नै सक्रिय हुनुहुन्छ भने तपाईंले केहि बच्ने उपायहरुको अबलम्बन गर्नुपर्ने हुन्छ ।
रोगबाट संक्रमित नभएको एकजना मात्र यौन सम्पर्कको साथी बनाउने । नबिराइकन र ठिकसँग पुरुषले लेटेक्स वा महिलाले पोलियुरेथेन्कण्डम र टपिकल माइक्रोबिसाइड्सको प्रयोग गर्ने । नसाबाट दिइने औषधिको सुई लिँदा जीवाणुहीन सियोहरु मात्र प्रयोग गर्ने । अन्यएस्टिडिज्बाट सुरक्षित रहेर वा नियन्त्रण गरेर एच.आई.भी.को सम्भाव्य संक्रमणलाई घटाउने । सकेसम्म यौन सम्पर्क गर्ने कार्यलाई ढिलो गर्नुहोस् । पहिलोपटक मैथुन गर्दा वा यौन सम्पर्क राख्दा कुनै व्यक्ति जति सानो उमेरको भयो उसलाई एस्टिडीले च्याप्ने सम्भावना उत्तिकै बढि हुन्छ । एच.आई.भी. र एस्टिडिज्को नियमित परिक्षण गर्ने गर्नुस् ।
एस्टिडिज्का लक्षणहरु थाहा पाइराख्नुहोस् र कुनै लक्षण देख्नुभयो भने सकभर छिटो यसको उपचारको लागि सहयोग माग्नुहोस् । महिनावारी भैरहँदा मैथुन वा यौन सम्पर्कबाट टाढा रहनु होस् । गुदद्वारमैथुन
नगर्नुहोस् वा पुरुषले प्रयोग गर्ने पुरुषले लेटेक्स वा महिलाले पोलियुरेथेन कण्डम र टपिकल माइक्रोबिसाइड्सको प्रयोग गर्नुस् । पानी वा औषधिको पिच्कारीको प्रयोग गर्ने नगर्नुस् ।
एस्टिडी रोग लागिहाल्यो भने के गर्ने ?
तुरुन्त उपचार थाल्नुहोस् । दिइएको औषधि पूरा खानु होस् र आफ्नो चिकित्सकको सुझाव मान्नुस् । बच्चालाई स्तनपान नगराउनु होस् वा बच्चाको लागि स्तनको दूधको प्रयोग नगर्नुहोस । हालैका आफ्ना यौन संघातीहरुलाई यो कुरा थाहा दिनोस् र उनीहरुलाई पनि रोगको परिक्षणको लागि उद्यत गर्नुस् । एस्टिडीको उपचारमा रहँदा यौन कार्य रोक्नुहोस् । एस्टिडीको राम्रो उपचार भइरहेको छ कि छैन थाहा पाउन फलोअफ टेस्ट गराइरहनु पर्छ ।
धेरैजसो लाग्ने एस्टिडीज् रोगहरु निम्न छन् :
यौन रोगीहरुमध्ये धेरै पहिले पहिचान गरिएको सिफिलिस एउटा प्रमुख यौन रोग हो । यस रोगलाई नेपालमा भिरंगीको नामले चिनिन्छ । यो रोग टिपोनेमा पालिडियम भन्ने जीवाणुले गराउँछ । यो जीवाणुको संक्रमण भएपछि लक्षणहरु देखिन लामो समय लाग्न सक्छ । साधारणतः १० देखि ९० दिन यसको संक्रमणकाल हुन्छ । कहिलेकाँहि यसका लक्षण नदेखिन सक्छन् तर थाहा हुँदानहुँदै यसका जीवाणुले शरीरका विभिन्न अंगहरुमा असर गर्न सक्छन् । यो रोग लाग्दा सुरुमा विमिरा वा खटिरा जस्तो देखिन्छ वा एउटा दुई वटा नदुख्ने घाउका रुपमा देखापर्न सक्छ । विभिन्न प्रकारका यौन सम्पर्कको प्रकृतिअनुसार यौन सम्पर्कबाट हुने यस्ता घाउ यौन अंगहरुमा ओठ, मुख, गुदद्वारमा र स्पनको मुन्टो ( निप्पल)मा आउन सक्छन् । साथै, यी घाउ आउँदा एकापट्टि वा दुवैपट्टि काछमा गिर्खा आउनसक्छ । सुन्निने र दुख्ने पनि हुन सक्छ । घाउहरु केही समयपछि आफै हराउन सक्छन् र केही समयपछि पुनः देखा पर्न सक्छन् ।
यो एउटा जटिल गम्भीर यौन रोग हो । पुरुषमा देखिने यसका लक्षणहरु पिसाब नलीबाट पातलो पानी वा वाक्लो पिप निस्कने, पिसाब गर्दा पोल्ने, दुख्ने वा चाँडो पिसाब लाग्ने, अण्डकोष सुन्निने र दुख्ने हुन्छ । यौन अंगमा वा यौन अंग वरिपरि धेरै मात्रामा सेतो काई पदार्थ जस्तो जाने विमिरा खटिरा, पानी फोका वा घाउ देखापर्ने, लिंगको वरिपरि मुसा वा मासु पलाउने, तिघ्राको काछमा रहेका गन्थ्री सुन्निने, दुख्ने, फुटेर घाउ हुनेजस्ता लक्षण देखिन्छन् । महिलामा देखिने यस रोगको लक्षण योनीबाट धैरै मात्रामा अस्वाभाविक सेतो गन्हाउने पानी बग्ने, पिसाब गर्दा पोल्ने, असजिलो हुने, दुख्ने, बारम्बर पिसाब लाग्ने, यौन सम्पर्क गर्दा योनीभित्रपट्टि दुख्ने, तल्लो पेट दुख्ने, हल्का ज्वरो आउने, ढाड दुख्ने, गुप्तांग वा वरिपरि घाउ खटिरा आउने, रातो हुने, सुन्निने, गुप्तांगमा मुसा वा मासु पलाउने, तिघ्रा काछमा गन्थ्रीहरु सुन्निने, दुख्ने वा फुटेर घाउ हुनेजस्ता लक्षणहरु देखिन्छन् । समयमा नै उपचार गर्दा यो रोग निको हुन्छ तर उपचार नभएमा भने यसले शरीरको जुनसुकै अंगलाई पनि प्रभावित गर्न सक्छ । गम्भीर असर गर्न सक्छ । गर्भवती आमाबाट जन्मने बच्चामा पनि यो रोग सर्न सक्छ । बच्चा गर्भमा नै मर्न सक्ने वा विकलांग बच्चा जन्मन सक्ने हुन्छ । यो रोग नेपाललगायत विश्वका प्रायः सबै देशका धेरै मानिसहरु संक्रमित छन् ।
ह्युमन इम्युनोडीफिसेन्सी भाइरस (एचआइभी)
के हो एचआइभी र एड्स ?
एक्वायर्ड इम्युनो डिफिसिएन्सी सिन्ड्रोम अर्थात् एड्स यस्तो रोग हो, जुन हयुमेन इम्युनोडिफिसिएन्सी भाइरस (एचआईभी) ले गर्दा फैलिन्छ । जुन व्यक्तिमा यो भाइरस हुन्छ, तिनलाई एचआईभी पोजेटिभ भन्ने गरिएको हो । एचआईभी पोजेटिभ हुनुलाई धेरैजसोले एड्स भएको ठान्ने गर्छन्, जुन सही होइन । यो भाइरसले कुनै पनि माध्यमबाट हाम्रो शरीरमा प्रवेश गरेपछि हामीलाई रोग प्रतिरोधक क्षमता दिने रगतमा रहेको सेतो रक्त कणिकामा आक्रमण गर्न थाल्छ । विस्तारै यी कोषिकाहरू नष्ट भएपछि रोग प्रतिरोधक क्षमता कम हुन थाल्छ । परिणामस्वरूप थुप्रै संक्रमण हुन थाल्छ । एचआईभीको अन्तिम अवस्थालाई एड्स भनिन्छ ।
जसको शरीरमा कुनैपनि कारणले एचआईभी हुन्छ, त्यस्ता व्यक्तिलाई एचआईभी संक्रमित बिरामी भनिन्छ । एड्स बिरामीको त्यो स्थिती हो जहाँ व्यक्ति विशेषको रोगप्रतिरोधी प्रणाली पूर्ण रूपले बेकामे हुन्छ । अहिलेसम्म यो रोगबाट बच्ने एउटै मात्र उपाय भनेको सावधानी र सचेतता नै हो ।
मुखमैथुन गर्दा पनि एचआइभी
संक्रमित व्यक्तिसँग मुखमैथुन गर्दा पनि एचआइभी सर्न सक्छ । तर, मुखमैथुन गर्दा एचआईभी सर्ने सम्भावना योनीमैथुन वा गुद्वारमैथुन गर्दाभन्दा कम हुन्छ । यसको अर्थ मुखमैथुन सुरक्षित हुन्छ भन्ने चाहिँ होइन । मुखमैथुन गर्दा व्यक्ति विशेष एचआईभीको सम्पर्कमा पर्ने सम्भावना त्यति साह्रो हुँदैन । मुखमा कुनै किसिमको घाउ भएको एचआइभी संक्रमित व्यक्तिले मुखमैथुन गर्दा भने अर्कोलाई सर्न सक्छ । एचआईभी हाम्रो शरीरमा त्यति खेर मात्र प्रवेश गर्छ र कुनै न कुनै तरिकाले यो हाम्रो रगतमा मिसिन्छ । अर्थात् योनी वा लिंगको माध्यमले एचआईभी रगत वा ¥यालमा मिल्दा रोग सर्ने जोखिम हुन्छ ।
एचआइभीका प्रकार
एचआइभीका दुई प्रकार हुन्छन् : एचआइभी विश्वभरि पाइन्छ र नेपालमा अधिकांश यसकै बिरामी छन् । तर एचआईभी मुख्य रूपमा अफ्रिकामा पाइन्छ । नेपालमा समेत केही व्यक्तिमा यसको संक्रमण देखिएको छ । केही व्यक्तिलाई दुवै भाइरसका कारणले संक्रमण हुन्छ । हुनतः एचआईभी २ संक्रमण भएका व्यक्ति एचआइभी १ भएकाहरूको दाँजोमा बढी बाँच्ने गर्छन् । एचआईभी आमाबाट बालबालिकामा सर्ने सम्भावना खासै हुँदैन ।
अपवाद
हुनतः ¥याल, पिसाब र आँसुमा पनि, निकै कम, एचआईभी पाइएको छ तर यी द्रव्यले एचआईभी फैलाएको प्रमाण अहिलेसम्म पाइएको छैन ।
उपचार
यसको कुनै खास उपचार छैन तर पनि नियमित औषधि सेवन गरेर, एचआईभी पोजेटिभ हुँदादेखि एड्स हुनेसम्मको बीचको अवधिलाई लम्ब्याउन सकिन्छ । प्रभावित व्यक्तिहरूलाई लामो समयसम्म एन्टिरेट्रो भाइरल औषधि दिएर दीर्घजीवन दिने प्रयास गरिन्छ ।
कसरी फैलिन्छ ?
संक्रमित सुई साझा गर्नाले, संक्रमित रगत र रगत उत्पादन उपयोग गर्नाले, संक्रमित व्यक्तिसँग असुरक्षित यौनसम्पर्क गर्नाले, एचआईभी संक्रमित सुत्केरीबाट स्तनपान गराउनाले, संक्रमित व्यक्तिको रगत वा शरीरको द्रव्य अर्का व्यक्तिको शरीरमा प्रवेश गर्नाले
सैलुनमा संक्रमित व्यक्तिमा उपयोग गरिएको ब्लेड लगायतको धारिला औजारले पुनः अन्य व्यक्तिमा प्रयोग गर्नाले ।
यसरी फैलिँदैन एचआईभी र एड्स
हात मिलाउनाले, अँगालो मार्नाले, सँगै खानाले, सँगै उठबस गर्नाले, लामखुट्टेले टोक्नाले, एउटै शौचालय उपयोग गर्नाले, एउटै गिलासमा पानी खानाले ।
औषधि खाँदाका फाइदा
शरीरमा भाइरसको मात्रा कम हुन्छ, विभिन्न संक्रमणबाट जोगिन्छ, अन्य व्यक्तिलाई संक्रमण हुन पाउँदैन, उमेर बढ्दै जान्छ, कमजोरी अनुभव हुन पाउँदैन र आत्मविश्वासमा वृद्धि हुँदै जान्छ ।
यस्तो लक्षण देखिए एचआइभी परीक्षण गराउनुस्
एक महिनाभन्दा बढी ज्वरो आइरहे, निरन्तर सुक्खा खोकी लागिरहे, कुनै कारणबिना निरन्तर पखाला लागिरहे, मुखमा सेतो दाग देखिए, शारीरिक तौल चाँचाँडो कम हुँदै गए र बिनाकारण खाली थकाइ मात्रै लागिरहे ।
ह्युमन पाएपिलोमा भाइरस (एच.पि.भि.)
एच.पि. भि. एउटा प्रायः हुने यौन क्रियाबाट सर्ने रोग हो । कुनै–कुनै यस्तो रोग गुप्ताङ्गको भित्र वा बाहिर वरिपरी कंडीलोमस नामको रोग मुसाको रुपमा आउने र छालाको अरु भागमा पनि सर्न सक्छ या आफ्नो यौन संगीमा पनि सर्न सक्छ । कतिपय प्रकारका एच.पि.भि.ले कुनै किसिमको लक्षण नै देखाउँदैन र भित्र लुकेर बसेको हुन्छ । एच.पि.भि. रोग भएका महिलाहरुलाई सर्भिकल क्यान्सरले गांज्ने प्रवल सम्भावना हुन सक्छ । नियमित पाएप टेस्ट ले एच.पि.भि. संक्रमण र असामान्य सर्भिकल कोषहरु पत्ता लगाउन सक्छ । सर्भिकल क्यान्सरबाट बच्नको लागि एच.पि.भि.को खोप पनि पाइन्छ । यद्यपि गुप्तांगमा आउने मुसाको पनि उपचार छ । तर ति मुसा कहिलेकाहीं आफैँ हराउने र फेरि आउने हुन्छ । भाइरस वा रोग भने रहिरहन्छ । कुनै कुनै प्रकारको एच.पि.भि.ले शरीरको अन्य भाग जस्तो हातमा पनि सामान्य मुसा ल्याउन सक्छ । तर यस्ता मुसाले कुनै स्वास्थ्यजन्य समस्या भने सृजना गर्दैन ।
क्लामाइडिअल संक्रमण
सबै खालको एस्टिडीज्हरुमध्ये क्लामाइडिअल संक्रमण सबैभन्दा प्रायः हुने रोग हो । यो महिला र पुरुष दुबैलाई लाग्न सक्तछ । यसले गर्दा गुप्तांगबाट असामान्य खालको तरल पदार्थ बाहिर जाने र पिसाब गर्दा पोल्ने हुन्छ । महिलाको हकमा यदि उपचार नगर्ने हो भने क्लामाइडिअल संक्रमण पछि गएर पेल्भिक इन्फ्लामेटरि डिजिज (पि. आइ.डी.)को रुप लिन सक्छ । क्लामाइडिअल संक्रमणलाई एन्टीबायोटिक थेरापीबाट उपचार गर्न सकिन्छ । दुर्भाग्यवस, क्लामाइडिअल संक्रमण भएका धेरै मानिसमा केहि मात्र लक्षण देखिने वा कुनै लक्षण नदेखिने हुन्छ । महिलाहरूमा प्रायः यो गमभ् प्रकृतिको समस्या बल्झाउने खाले हुन्छ र त्यसमा पेल्भिक इन्फ्लामेटरि डिजिज, एक्टोपिक (ट्युबल) प्रेगनैन्सी र बाँझोपन पनि संलग्न हुन्छ ।
जेनिटल हर्पिस गुप्तांगमा लाग्ने जेनिटल हर्पिस संक्रमण) रोगहरु ।
हर्पिस सिम्प्लेक्स भाइरस (एचएस्भि) को कारण हुने गर्दछ । यसका लक्षणहरु गुप्तांग वरिपरी दुखदायी फोका आउने वा छालाको घाउ हुनु हो, जसले गर्दा खुट्टा, चाक र गुप्तांग वरिपरी झम झमाउने र पोल्ने गर्दछ । हर्पिस या दाद जस्तो रोग धेरैजसो केहि हप्तामै हराउने हुन्छ तर यो शरीरमा लुकेर बस्ने र बेला मौकामा फेरि फेरि आउने गर्छ । हर्पिस वा दाद जस्तो घाऊ साधारणतया केहि हप्तामा हराएर जान्छ । तर भाइरस भने जिउमा गडेर बस्छ र फेरि फेरि बल्झिन सक्छ । एचएस्भिको कुनै इलाज छैन । तर यसकोविरुद्ध एन्टी (भाइरल एजेन्ट्स लिन सकिन्छ, जसले यसलाई बढ्न नदिन र यसको लक्षण घटाउन सकिन्छ । एचएस्भि रोग मुखबाट सर्न सक्छ (यदि त्यस व्यक्तिमा चिसोले गर्दा हुने घाउ छ भने, जुन एचएस्भिले नै गर्दा भएको हुन्छ) फेरि त्यो गुप्तांगमा मुखको मैथुनमार्फत सर्न सक्छ ।
अन्य यौन रोगहरू
डोनोभाइनोसिस, चानक्रोइड, योनी माथि भएको हाडको रौंमा जुम्रा पर्नु, लुतो ट्राइकोमोनीयासी, योनीमा यिस्टको संक्रमण ।
एस्टिडीज् र वयस्क
एस्टिडीज् रोगले सबै खालको पृष्ठभूमि र उमेर समूहका महिला र पुरुषलाई जकड्ने गर्छ । संसारभरी यो रोग लाग्ने रोगीमध्ये करिब आधा मानिस भने २५ बर्षभन्दा कम उमेरका छन् । एस्टिडीज् रोग बढ्दो छ । यसको कारण बढ्दो रुपमा धेरै जनाको बहुसंख्यक यौनसंघाती हुनु र यौनजन्य क्रियाकलाप बढ्नु हो । धेरैजसो एस्टिडीज् रोगले कुनै लक्षण देखाउँदैन । फेरि कतिपय एस्टिडी रोगको लक्षणहरु बिशेष गरी महिलाहरुमा अन्य यौनसंग असम्बन्धित रोगको लक्षणसंग झुक्किन पुगिन्छ । लक्षणरहित एस्टिडीज् पनि सरुवा रोग हुने हुन्छ । एस्टिडीज् रोग एवं यसका कडा लक्षणहरुबाट अक्सर महिलाहरु ग्रसित भएको पाईन्छ ।
कुनै कुनै एस्टिडीज् गर्भाशय र डिम्ब नलीभित्र फैलने र पाठेघर पोल्ने रोग (पि.आइ.डी.) हुने हुन्छ जसको फलस्वरूप बाँझोपन र एक्टोपिक (ट्युबल) प्रेग्नेंन्सी दुवै हुन सक्दछ । महिलामा भएको एस्टिडीज् रोग सर्भिकल क्यान्सरसंग सम्बन्धित पनि हुन सक्दछ । एस्टिडीज् रोग आमाबाट बच्चामा पहिले नै वा जन्मँदा सर्न सक्दछ । नवजात शिशुमा रहेको यस्तो कुनै रोग सफलतापूर्वक इलाज गर्न सकिन्छ भने कुनै कुनैले बच्चालाई आजन्म अपांग बनाउन वा मार्न पनि सक्दछ ।
संसारका अधिकांश देशमा यौन रोग व्यापक रुपमा फैलिरहेको छ । यौन रोग असुरक्षित यौन सम्पर्कको प्रमुख सूचक हो । कुनै देशमा यौन रोग कति व्यापक छ भन्ने तथ्यांकले त्यस देशमा कति असुरक्षित यौन सम्पर्क हुने गर्छ भन्ने झल्काउँछ । यौन क्रियाकलापमा सक्रिय १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरुमा यौन रोग हुने अत्यधिक जोखिम समूहमा पर्छन् । यस्तै १५ देखि २५ वर्ष समूहका युवा युवतीमा सबैभन्दा जोखिम समूह हो । यो रोगको लक्षण पुरुषमा चाँडै र महिलामा ढिला देखिन सक्छ । यौन रोगबाट बच्ने उपाय अन्य संक्रामक रोगहरु जस्तैः यौन रोग हावा, पानी, खानाबाट सर्ने रोग हैन । यौन रोग नचाहँदा–नचाहँदै सर्दैन । यो मुख्यतः जोखिमपूर्ण असुरक्षित यौन व्यवहारबाट सर्छ । सुरक्षित यौन व्यवहारले यौन रोग सजिलै बच्न सकिन्छ ।
जस्तैः पतिपत्नी वा एक जना विश्वासिलो यौन रोग नभएको यौन साथीसँग मात्र यौनसम्पर्क राख्नु पतिपत्नी वा विश्वासिलो यौन साथीबाहेक अरुसँग यौन सम्पर्क राख्दा सही तरिकाले कण्डमको प्रयोग गर्ने, असुरक्षित यौन सम्पर्क हुँदा वा यौन रोगको शंका लाग्नासाथ तुरुन्तै जँचाउने र स्वास्थ्यकर्मीले बताएअनुसार पूरा औषधि खाने, आफ्नो यौन साथीको पनि उपचार गराउने, अपूरो उपचारले यौन रोग पुनः बल्झिन सक्छ । अविवाहित युवायुवतीले सकभर यौन सम्पर्क नगर्ने निर्मलीकरण नगरेको सुई औजार उपकरण प्रयोग नगर्ने, जाँचेको रगत वा रगतबाट बनेको पदार्थको मात्रै प्रयोग गर्ने, यौन र यौन रोगको बारेमा संकोच लाज नमानेर जानकारी लिने, सुरक्षित यौन व्यवहार अपनाउने, यौन अंगको नियमित सरसफाई गर्ने, यौन रोगको रोगथाम नियन्त्रण र उपचारका सिद्धान्तहरु रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु सर्वोत्तम हो ।
यसका लागि सुरक्षित यौन व्यवहार अपनाउनु पर्छ । जोखिम व्यवहार भए वा आफू जोखिममा परेको शंका लागेमा तुरुन्तै जँचाउनु पर्छ । यौन रोग उपचार नगरी निको हुँदैन लक्षण हराएर गए पनि औषधि नगरी पूरा निको हुँदैन । यौन रोगको उपचार सधैँ तालिमप्राप्त वा स्वास्थ्यकर्मीबाट गराउनु पर्छ । दिएको औषधि पूरा मात्रामा नियमित सवेन गर्नुपर्छ । पूर्ण निको हुन दिन र फेरि दोहोर्याएर संक्रमण हुन नदिन यौन साथीको पनि उपचार गराउनु पर्छ । सुरुमै शंका लागेमा यौन रोगको उपचार तुरुन्त गराउनु पर्छ । कैयौं एस्टिडीज् रोग शुरुमै पहिचान गर्न सकियो भने सफलतापूर्वक उपचार गर्न सकिन्छ ।




