अहिले नेपालको जुनसुकै भुभागमा डेंगीको प्रकोप बढिरहेको छ । डेंगी (भ्रमक रूपमा डेंगु पनि भनिने) लामखुट्टेको टोकाइबाट सर्ने र शितोष्ण तथा समशितोष्ण भू–भागमा फैलिने रोग हो । यो रोग डेंगी भाइरसका कारणले लाग्ने गर्दछ । सामान्यतया डेंगी भाइरसको संक्रमण भएको तीनदेखी चौध दिनमा यसका लक्षणहरू देखिन थाल्छन् ।
यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् । यो रोग निको हुन दुई दिनदेखि एक सातासम्म लाग्न सक्छ । केही बिरामीहरूमा यो रोग विकसित (डेंगी हेमोरेजिकफिबर) भएर रक्तस्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । यो अवस्थामा रक्तस्राव हुने मात्र नभई रगतमा प्लेटेलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्छ ।
त्यस्तै डेंगीको अर्को विकसित रूप डेंगी सक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ ।
डेंगी धेरै प्रजातिका लामखुट्टेहरूका माध्यमबाट मानिसहरूमा सर्न सक्छ । यो रोगका भाइरसहरू पाँच प्रकारका छन् । बिशेषगरी एडिसएजेप्टाइ र ए.ई. अल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट भाइरसको संक्रमण भई सर्ने डेंगी रोग अहिले प्रकोपको रुपमा देखिएको छ । यीमध्ये कुनै एकको संक्रमण भएपछि हाम्रो शरीरले जीवनभरका लागि त्यस प्रजातीको भाइरसका विरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्दछ । तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातीका भाइरसका विरुद्ध छोटो अवधिका लागि मात्रै काम गर्छ । एकपछि अर्को गरी लगातार हुने संक्रमणले गम्भीर जटिलताको खतरालाई बढवा दिन्छ । डेंगीको पहिचानको टुंगो लगाउन धेरै परीक्षणहरू उपलब्ध छन् । यस्ता परीक्षणहरूमा बिरामीको रगतमा डेंगीको भाइरसविरुद्ध शरीरले पैदा गर्ने एन्टिबडी वा उक्त भाइरसको आरएनए पत्ता लगाउने गरिन्छ ।

कृष्ण कुमार सैजु
केही देशहरूमा डेंगीको संक्रमणबाट बचाउने एउटा खोपलाई मान्यता दिइएको छ तर अहिलेसम्म यसको व्यापारिक उत्पादन गरिएको छैन । डेंगीबाट बच्न लामखुट्टेको वासस्थानहरू नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नु पर्छ । यसका लागि मानिसको बसोवास क्षेत्रमा अनावस्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा सकेसम्म शरीरका धेरै भाग ढाक्ने कपडा लगाउने गर्न सकिन्छ । लामखुट्टे भगाउने मलमको प्रयोग गर्ने । भर्खरै देखा परेको मन्द वा मध्यम खालको डेंगी छ भने मुखबाट वानसाबाट (इन्ट्राभेनस) तरल पदार्थ दिएर उपचार गरिन्छ । गम्भीर खालको डेंगीको उपचार गर्न बिरामीलाई रगत दिनु आवस्यक हुनसक्छ ।
यो रोगका कारण प्रत्येक वर्ष लगभग पाँच लाख मानिस अस्पताल भर्ना हुने गरेका छन् । डेंगी लागेको बेलामा इबुप्रोफिन जस्ता नन्स्टेरोइडल एन्टि इन्फ्लामेटरी औषधिहरू प्रयोग गर्नु हुँदैन ।
डेंगी दोस्रो विश्वयुद्धको समयदेखि विश्वव्यापी रुपमा फैलिएको समस्या हो । हाल यो रोग विश्वका ११० देशहरूमा व्याप्त छ । प्रत्येक वर्ष यो रोगका कारण करीब ५ करोडदेखि ५ करोड ५० लाख मानिसहरू बिरामी पर्ने गरेका छन् । जसमध्ये करीब औसत १५ हजार मानिसहरूको मृत्यु हुने गरेको छ । यो रोग भाइरसका कारणले लाग्ने र लामखुट्टेका कारणले मानिसमा सर्ने गरेको कुरा बीसौँ शताब्दीमै पत्ता लागेको थियो । लामखुट्टेको निर्मुल पार्न असम्भव जस्तै भएकोले सिँधै भाइरसलाई नियन्त्रण गर्ने औषधिहरूको बारेमा पनि अध्ययन अनुसन्धान भइरहेको छ ।
प्रभाव र चिह्नहरू
सामान्यतया डेंगी भाइरसको संक्रमण भएका करीब ८० प्रतिशत मानिसहरूमा रोगका कुनै लक्षणहरू नदेखिम सक्छ वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षणहरू मात्र देखिन्छन् । संक्रमितमध्ये करीब ५ प्रतिशत मानिसहरूमा गम्भीर प्रकारको डेंगी लाग्ने गर्दछ भने तीमध्ये पनि निकै कम मानिसहरू यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन् । यो रोग छिप्पिन तीनदेखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीहरूमा यो रोगले ४ देखि ७ दिनमै पूर्णता पाउँछ । त्यसैले डेंगीको जोखिममा रहेका स्थानहरूमा गएर फर्किएका मानिसहरूमा घर पुगेको १४ दिनपछि डेंगी वा अन्य लक्षणहरू देखापर्ने सम्भावना हुँदैन । प्रायजसो बालबालिकाहरूमा डेंगीको संक्रमण हुने हुँदा सामान्य रुगा तथा संक्रामक पखाला (ग्यास्ट्रोइन्टेराइटिस) भएको जस्तै लक्षणहरू देखिने गर्दछन् । त्यस्तै बालबालिकाहरूमा विभिन्न जटिलताहरू देखा पर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षणहरू मन्द खालका भए पनि उच्च ज्वरो पनि देखा पर्छ ।
क्लिनिकल कोर्स
डेंगीको पहिचानका लागि मुख्य लक्षणहरू अचानक ज्वरो आउने, टाउको दुख्ने (साधारणतया आँखाको पछाडि दुख्ने) मांसपेसी तथा जोर्नी दुख्ने आदि हुन् । डेंगीका रोगीहरूको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो (अंग्रेजीमा ब्रेकबोन फिबर) पनि भन्ने गरिन्छ । यो रोग लागेको अवधिलाई तीन चरणमा विभाजन गरिएको छः लक्षणहरू सुरु हुने अवस्था (फेब्राइल), गम्भीर अवस्था (क्रिटिकल) तथा निको हुने अवस्था (रिकभरी)। लक्षण सुरु हुने अवस्थामा ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेन्हाइट) भन्दा पनि उच्च ज्वरो आउने, शरीरमा पीडा महशुस हुने तथा टाउको दुख्ने जस्ता लक्षणहरू देखिन्छन् । यो अवस्था प्रायजसो दुईदेखि सात दिनसम्म रहने गर्दछ । वाकवाकी लाग्ने तथा बान्ता हुने पनि हुन सक्छ । डेंगीको संक्रमण भएका ५०–८०% बिरामीहरूमा लक्षण देखिन सुरु भएको पहिलो वा दोस्रो दिनमा छाला रातो तथा तातो हुने समस्या देखा पर्ने गर्दछ । पछि बढ्दै गएर दादुरा लागेको जस्तो स–साना फोकाहरू देखा पर्छन् । रातोको बिचमा सेतो हुने फोकाहरू पनि देखिन सक्छ । यस्ता फोकाहरूलाई अंग्रेजीमा ‘आइस्ल्यान्ड अफ ह्वाइटइन अ सी अफ रेड’ (रातो समुद्रमा गोराहरूको टापु) भन्ने गरिन्छ । यो अवस्थामा शरीरमा हुने कोशिकाहरू फुटेर छालामा ससाना राता थोप्लाहरू (अंग्रेजीमा पिटिकी भनिने) देखा पर्ने र मुख तथा नाकका म्युकस मेम्ब्रेनबाट सामान्य रक्तस्राव हुने जस्ता लक्षणहरू पनि देखापर्न सक्छ ।
डेंगी रोग लाग्दा के खाने ?
मेवाको पात डेङ्गु रोगको लागि संजिवनी हो । मेवाको २ वटा पात पिसेर रस निकाल्ने । यसमा मह र सुन्तलाको रस मिसाउने । दिनमा नियमित एक पटक यसको प्रयोग गर्नु होस् जसबाट रगतमा उबितभभितक को संख्या बढ्न गई डेंगीको किटाणुसित लड्ने क्षमता विकास हुनेछ ।
सुन्तलाको रस
सुन्तलामा भिटामिन भरपुर हुन्छ । जसले पाचन प्रणालीलाई ठिक राख्दछ । सुन्तलाले रगतमा आवश्यक बलतष्दयमष्भक बढाउँछ जसले डेङ्गुसँग लड्ने क्षमता पैदा गर्दछ ।
हर्बल चिया
हर्बल चियाले ज्वरो कमगर्न मद्दत गर्दछ । हर्बल चियालाई अदुवासँग मिलाएर प्रयोग गर्दा उत्तम हुन्छ ।
ग्रिन टी
ग्रिन टी मा भरपुर मात्रामा एन्टिअक्सिडेन्ट र शरिरलाई रोगप्रतिरोधक क्षमता बृद्धी गर्न आवस्यक पर्ने सम्पुरण तत्व हुने भएकोले ग्रिन टी पिउँदा शरीरमा पानीको मात्रा पर्याप्त हुनुको साथै शरीरलाई स्वस्थ र सुन्दरता प्रदान गर्छ ।
नरिवलको पानी
डेंगीको कारण शरीरमा पानीको कमी हुन्छ । नरिवलको पानीको सेवनले शरीरमा पानीको कमी हुन नदिनुका साथै पोषकतत्व पनि प्रदान गर्दछ ।
सुप
काँक्रो, गाजर, च्याउ, गेडगुडी र अन्य तरकारीको रसको सेवनबाट शरीरमा प्रशस्त मात्रामा पोषक तत्व मिल्दछ । यसलाई सजिलोसित पचाउन सकिन्छ र कमजोर पनमा लाभदायक हुन्छ ।
कागतीको रस
कागतीको रसले रगतमा भएको विषालु पदार्थलाई पिसाबको माध्यमबाट बाहिर निकाली रगतलाई सफा गर्दछ । यसकारण डेंगीको रोगीको लागि कागतीको रस धेरै लाभदायक सावित हुन्छ ।
लामखुट्टे कसरी भगाउने ?
तपाईँको टोल वा समुदायमा रहेको बिभिन्न संघ संस्था, क्लबहरू, पत्रकारहरू आपसमा जुटेर यसो गर्नुस ।
१. लामखुट्टेको टोकाईबाट बच्ने, कुलेसो र खोल्साहरुमा मट्टितेल र पेट्रोल छर्कने ।
२. भाँडा, पुराना टायर र डिब्बाहरुमा पानी जम्न नदिने
३. झ्याल र ढोकाहरुमा जाली लगाउने ।
४. झुलको प्रयोग गरि सुत्ने ।
लामखुट्टेले जमिरहेको पानीमा फूल पार्दछ । लामखुट्टेको फूलबाट बच्चा कोरल्न करिब ७ दिन लाग्दछ । तसर्थ जमिरहेको पानीबाट मुक्ति पाउने, साताको एकचोटी सरसफाई गर्नुपर्दछ र पानीलाई जम्न नदिई बग्ने बनाउनु पर्दछ ।
यसले लामखुट्टेको प्रजनन् दरलाई बाधा पुर्याउदछ जसले गर्दा लामखुट्टेको वृद्धिमा रोकावट आउनुको साथै रोगहरू पनि फैलिन पाउँदैन । लामखुट्टे प्रायजसो ओसिलो र झाडीमा बस्ने भएकाले मानव बस्ती वरपर नियमित सफाइ गर्नुपर्छ जसले गर्दा समुदायबाट नै लामखुट्टे भगाउन सकिन्छ ।
लामखुट्टेको प्रजनन् रोकथाम गर्ने तरिकाहरू
लामखुट्टे बस्न मन पराउने ठाउँहरू जस्तैः जमेको पानी, गाडीका पुराना पांग्राहरू राखेको ठाउँ, गमला, तेलको भाँडो, खाल्टोहरू, नछोपिएको पानीको भाँडो र घरभित्र जमिरहेको पानी भएकाले यस्ता चिज वस्तु घर वरपर नराख्ने ।
जमीनलाई पानी नजम्ने ढंगले व्यवस्थापन गर्नुपर्दछ जसले गर्दा सबै पानी सोसेर जान्छ र जम्न पाउँदैन । जलाधार क्षेत्र संरक्षित बनाउनुपर्दछ, जसले गर्दा पानी सधैँभरी बगिरहने गर्दछ ।
सामुदायिक रूपमा लामखुट्टेको रोकथाम कसरी गर्ने
जमेको पानीमा लामखुट्टेलाई खाने माछा पाल्ने । मध्य अमेरिकी लामखुट्टे माछा, दक्षिणी अमेरिकी गुपिज, अफ्रिकन तिलापीया, कार्प र अन्य माछाको प्रयोग गरी लामखुट्टे नियन्त्रण गर्न सकिन्छ । यी माछाहरूको विभिन्न ठाउँमा विभिन्न सामान्य नामहरू छन् तर प्राय लामखुट्टे माछा भनेर जानिन्छ ।
पानी बगिरहेने तथा खेत राम्ररी पानी सोस्ने बनाउने
प्राकृतिक पानीलाई व्यवस्थित, गल्छी बनाएर पानीलाई बग्ने बनाउने र काम नलाग्ने सिचाइँका कुलो एवं पोखरीहरूलाई पुरेर धानको खेतबाट समय समयमा पानी बगाएर लामखुट्टेको नयाँ फूल एवं बच्चाहरूलाई मार्नु पर्दछ र साथै कुनै किसिमको वातावरणीय तथा धानको उत्पादनमा पनि ह्रास आउँदैन ।
वृक्षारोपण गरेर
लामखुट्टेको नियन्त्रणमा सहयोगी हुने चरा, चमेरो तथा अन्य प्राकृतिक सहयोगीहरूको बासस्थान उपलब्ध गराउन वृक्षारोपण गरिनु पर्दछ । नेपाल, इण्डिया र अफ्रिकामा पाइने निमको रुखले लामखुट्टे धपाउन र यसको पातलाई औषधीको रूपमा उपयोग गर्ने गरिन्छ ।



