नवलपुर/ आगामि मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनका लागि नवलपुर क्षेत्र नं. २ मा एमालेको तर्फबाट उम्मेदवारी दिएका तिलक महतले आफ्नो कार्यकालमा थालनी गरेका बिकासका कामलाई पुरा गर्न आफू फेरी उम्मेदवार बनेको बताएका छन् । उनले उत्तर दक्षिण लिंकरोड, नारायणी तटबन्ध, किसान, युवाको उत्थान, शैक्षिक स्वास्थ्य क्षेत्रको सुधारका निम्ति गरिएका प्रयत्नलाई सम्पन्न गर्न आफ्नो उम्मेदवारी रहेको बताएका हुन् ।
महतको प्रतिस्पर्धीका रुपमा नेपाली काँग्रेसबाट बिष्णु कुमार कार्की र माओवादी केन्द्रका किसन गैरे, राप्रपाका बिष्णु प्रसाद शर्मा अधिकारी, राष्ट्रिय जनमुक्ति पार्टीका सिंह बहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपाने लगायतले उम्मेदवारी दिएका छन् ।
एमालेबाटै क्षेत्र नं. १ मा कृष्ण पौडेलले मनोनयन दर्ता गरेका छन् भने प्रदेशतर्फ १ को क मा रबिन्द्र अधिकारी र ख मा रोशन गाहाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं. २ को क मा पद्मा जिसी र ख मा लक्ष्मण पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।





