सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

तनहुँमाथि कास्कीको जित

तनहुँमाथि कास्कीको जित


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०७९, शनिबार

पोखरा/ वाइवाइ गण्डकी प्रदेश स्तरिय क्रिकट छनोट प्रतियोगितामा कास्कीले तनहुँलाई पराजित गरेको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा जारी खेलअन्तर्गत शुक्रबार कास्कीले तनहुँलाई ११८ रनले पराजित गरेको हो ।

टस जितेर पहिला व्याटिङ गरेको कास्कीले निर्धारित ५० ओभरको खेलमा ४६.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १८७ रन बनायो । कास्कीको तर्फबाट शाहिल कुँवरले सर्वाधिक ६४ रन बनाए । सुवास भण्डारीले ४१ रन जोडे । तनहुँका बलरहरु सचिन अधिकारीले ३ तथा प्रदिप अर्याल, मिलन श्रेष्ठ र अनुप अधिकारीले समान २ विकेट लिए । अभिषेक पौडेलले १ विकेट लिएका थिए ।

जितका लागि १ सय ८८ रनको लक्ष्य पछ्याएको तनहुँको पारी २८.३ ओभरमा ६९ रनमै समेटियो । तनहुँको तर्फबाट पासाङ दोर्जे तामाङले सर्वाधिक २७ रन बनाए । कास्कीका बलरहरु म्यान अफ द म्याच सुवास भण्डारीले ४, नितेस गिरी र रोहित चन्दले समान ३ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->