सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरा म्याराथनको प्रथम पुरस्कार ५ लाख

पोखरा म्याराथनको प्रथम पुरस्कार ५ लाख


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०७९, बिहिबार

पोखरा/ नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ ।

आगामी फागुन ६ गते शनिबार आयोजना हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको मञ्चले जनाएको हो । तयारीसँगै १७ औं संस्करणमा पोखरा म्याराथनको पुरस्कारमा समेत भारी वृद्धि गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनाएका छन् । अध्यक्ष पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले अब ५ लाख नगद पाउनेछन् । गत वर्ष ४ लाख रहेको पुस्कार राशी यो वर्ष १ लाख बढाइएको छ ।

त्यसै गरी म्याराथन ४२.१९५ किमीतर्फ नै दोस्रो, तेश्रो र सान्त्वनासम्म सबै पुरस्कार राशी बढाइएको छ । अध्यक्ष पराजुलीका अनुसार दोस्रो, तेश्रो र सान्त्वनातर्फ क्रमश नगद ३ लाख, २ लाख र ३० हजार नगद पुरस्कार रहेको छ भने गण्डकी प्रदेशतर्फको विजेताले छुट्टै नगद पुरस्कार प्राप्त गर्नेछन् ।

गण्डकी प्रदेशतर्फ पहिलो, दोस्रो र तेश्रो हुनेले क्रमशः नगद ५०, ३० र २० हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।
हाफ म्याराथन महिलातर्फसमेत नगद पुरस्कारमा वृद्धि गरिएको छ । हाफ म्याराथनतर्फ प्रथमले १ लाख ५० हजार, द्वितीयले १ लाख, तृतीयले ७५ हजार र सान्त्वना हुनेले १५ हजार गरिएको छ । म्याराथन अन्तर्गत नै हुने १० किमी महिला तथा पुरुष दौडका विजेताले क्रमश प्रथम हुनेले नगद ३, द्वितीय हुनेले नगद २० र तृतीयले १५ हजार प्राप्त गर्नेछन् । कार्यक्रमअन्तर्गत नै विद्यालयस्तरिय छात्र÷छात्रा दौडको समेत पुरस्कार राशी बढाइएको छ भने ह्विलचियर महिला पुरुष तथा दृष्टिविहिन महिला पुरुष दौडतर्फसमेत पुरस्कार राशी बढाइएको मञ्चले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->