बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

फलोअपः नवलपुरमा मतपेटिकामा आगजनी, सोमवार पुन: मतदान

फलोअपः नवलपुरमा मतपेटिकामा आगजनी, सोमवार पुन: मतदान


  • खगेन्द्र पराजुली
  • मंसिर ४ २०७९, आइतबार

नवलपुर/ देवचुलीको झाक्रे स्थित शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्र क मा मतपेटिकामा आगजनी भएपछि रोकिएको मतदान कार्य सोमवार हुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लाल प्रसाद शर्मा भुसालका अनुसार एसिड खन्याएर जलेको मतपेटिका प्रदेश समानुपातिक तर्फको भएकाले प्रदेशतर्फको समानुपातिक निर्वाचन सोमवार हुने भएको हो ।
निर्वाचन बिहान ७ बजेदेखि ५ बजेसम्म हुने समेत जनाईएको छ ।
९८० मतदाता रहेको उक्त केन्द्रमा ७ सय २ मत खसेको थियो ।

देवचुली नगरपालिका वडा नं। ४ झाक्रेमा रहेको शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको एउटा बाकसमा एसिड छर्केर स्थानीय एक युवकले आगजनी गरेका थिए ।

मतदान कार्यको करीव करीव अन्तिम चरणमा ४ बजेतिर सोही मतदान केन्द्रमा भोट हाल्न पुगेका नारायण भण्डारीले प्रज्वलनशील पदार्थ एसिड प्रयोग गरेर बाहिरिए लगत्तै मतपेटिकाबाट धुँवा निस्कन थालेको थियो । त्यसपछि शंका लागि पछ्याउँदै जाँदा २ किलोमिटर टाढाबाट उनलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।

घटनापछि यहाँको दुईवटै केन्द्रको मतदान प्रक्रिया स्थगित भएको थियो । पछि सर्वदलीय बैठकले राती सात बजेसम्म मतदान प्रदेश समानुपातिक बाहेकको मतदान सम्पन्न गर्यो ।

प्रहरीको नियन्त्रणमा परेका भण्डारी यसअघिको स्थानीय निर्वाचनमा सोही वडाबाट वडाध्यक्षको प्रतिस्र्धामा पराजित भएका थिए । पछि प्रदेश निर्वाचनमा स्वतन्त्र उम्मेदवार हुने प्रचार गरे पनि खर्च विवरण सूची नवुझाएका कारण उम्मेदवारी दिन अयोग्य ठहरिएका थिए । आफ्नो उम्मेदवारी नभएपछि पछिल्लो समय प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवार रहेका चित्रध्वज जिसीको सहयोगी भएर निर्वाचनमा होमिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->