बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा कांग्रेसको विजय उत्सव

नवलपुरमा कांग्रेसको विजय उत्सव

प्रदेशमा ३ सिट जितेको एमालेले गरेन ।


  • खगेन्द्र पराजुली
  • मंसिर १० २०७९, शनिबार

नवलपुर/पाँच दलीय गठबन्धनको बलमा प्रतिनिधिसभातर्फ दुबै क्षेत्र र एक प्रदेश सभामा जित निकालेकोको खुसीयालीमा नेपाली काँग्रेसले आज जिल्लामा विजय ¥यालीसहितको उत्सव मनाएको छ । पहिलो चरणमा मुख्य मार्ग केन्द्रित रहेको विजय उत्सव तथा धन्यवाद ¥याली पहाडी क्षेत्रसम्म चरणबद्ध हुने नेपाली कांग्रेसले जनाएको छ ।

बिहीबार क्षेत्र नं. १ मा गैंडाकोटदेखि कावासोतीसम्म र क्षेत्र नं. २ मा पनि कावासोतीदेखि दुम्कीबाससम्म उत्सव मनाउँदा गठबन्धन दलका केही नेताहरुले सहभागिता जनाएका थिए ।

यता, प्रदेश सभामा तीनजना उम्मेदवारलाई शानदार मतान्तर सहित जिताउन सफल भएको नेकपा एमालेले नवलपुरमा विजय र्याली निकालेन । एमालेको ३ दशकदेखिको विरासत बोकेको क्षेत्र नं. २ मा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज तिलक महतको हारपछि स्तब्ध बनेको एमाले नवलपुरले विजेता उम्मेदवार सहितको ¥याली ननिकालेको हो । यद्यपि, अहिले समानुपातिकतर्फको गणनाको कार्य भइरहेको हुँदा अन्तिम परिणाम सम्पन्न भएपछि मतदाताबीच धन्यवाद कार्यक्रम गर्ने जनाइएको छ ।

यता, प्रतिनिधिसभातर्फ कांग्रेसले क्लीनस्वीप पार्दा गठबन्धनका तर्फबाट माओवादी केन्द्र र एकिकृत समाजवादीका उम्मेदवारले हार बेहोर्दा कांग्रेसले भोट ट्रान्सफर नगरेको आरोप लगाउँदै गम्भीर समिक्षा हुने आसयका टिप्पणी गरेका छन् । यस्तै, हार्ने कल्पनै नगरेको क्षेत्र नं. २ मा निबर्तमान सांसद महतको हारमा पार्टीभित्रैको अन्तर्घात प्रमुख कारण रहेकोले यसको निर्मम समिक्षा गर्न कार्यकता तहले जिल्ला नेतृत्वलाई सामाजिक सञ्जालका माध्यमबाट दवाव दिन थालेका छन् । वैशाखमा सम्पन्न स्थानीय तहमा नवलपुरमा अप्रत्यासित परिणाम निकाल्दा स्यावासी पाएको जिल्ला कमिटिको नेतृत्वमाथी अहिलेको परिणाम कारण नेतृत्वको कमजोरी भएको कार्यकर्ताले आरोप लगाएका छन् ।

नवलपुर १ः समानुपातिकमा घण्टी अगाडी

नवलपुर क्षेत्र नं. १ को समानुपातिकतर्फको मत गणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सवैभन्दा धेरै मत परेको छ । यहाँ काँग्रेसको चिन्हमा परेको भन्दा घण्टीमा २ हजार ७ सय ३३ मतको अन्तर छ ।
क्षेत्र नं. १ बाट रास्वपाको घण्टी चिन्हमा सबैभन्दा धेरै २५ हजार ७७४ मत आएको छ भने नेपाली कांग्रेसलाई २३ हजार ४१ मत परेको छ । क्षेत्र नं. १ मा समानुपातिकतर्फ एमाले तेस्रो स्थानमा देखिएको छ । एमालेले यहाँ २२ हजार १ सय ५० मत पाएको छ । यहाँ राप्रपाको ५ हजार १ सय, माओवादी केन्द्रको ३ हजार ६ सय ५ मत आएको छ ।

प्रत्यक्षतर्फका विजेता कांग्रेसका शंशाक कोइरालाले यहाँ २७ हजार ६७ ल्याउँदा घण्टीका उम्मेदवार राजन गौतमले २४ हजार ३ सय ५ मत ल्याएक हुन् । प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेका गौतम र कोइरालाबीचको अन्तर २ हजार ७ सय ६२ रहेको छ ।
 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->