सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

राष्ट्रिय प्याब्सन खेलकुद महोत्सव मंसिर २० देखी

राष्ट्रिय प्याब्सन खेलकुद महोत्सव मंसिर २० देखी


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०७९, शनिबार

पोखरा/ १३ औं नेसनल पयबसन खेलकुद महोत्सव मसिंर २० गतेदेखी हुने भएको छ । राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) कास्कीको आयोजनामा पोखरा रंगशालामा खेलकुद महोत्वस हुन लागेको हो ।

विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गराउन प्रतियोगिताको आयोजना गर्न लागिएको हो । यसअघि विश्वव्यापी रुपमा फैलिएको कारोना महामारीका कारण प्रतियोगिता हुन सकेको थिएन् । महामारी हटेसँगै जिल्लामा रहेको निजी तथा आवासीय विद्यालयहरुका विद्यार्थीबीचमा प्रतिस्पर्धा गराउन लागिएको हो ।

खेलकुद महोत्वसमा एथलेटिक्स, फुटबल, बास्केटबल, टेबल टेनिस तथा ब्याडमिन्ट भलिबल लगायतका खेलहरु संचालन हुनेछन् । प्रतियोगितामा ४६ विद्यालयका करिब सात हजार खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिता बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यार्थीको बौद्धिक तथा शारीरिक विकासका लागि प्रतियोगिताको आयोजना गर्न लागेको बताए । उनले प्रतियोगिताले विद्यार्थीहरुलाई समेत खेलकुद प्रति अभिरुची बढ्नुका साथै खेलाडी उत्पादनमा समेत टेवा पुग्नेमा आफुहरु आशावादी रहेको सुनाए । उनले १३ औं संस्करणको प्रतियोगिताको लोगो र ट्रफी अनावरण गर्दै निकै खुसी लागेको बताए ।

‘प्रतियोगिता संचालन गर्न गइरहेको कुरा सुनाउन पाउँदा हामीलाई ज्यादै खुसी लागेको छ । संस्थामा आबद्ध विद्यालयहरुको शैक्षिक एवम् सह–क्रियाकलापलगायत विविध क्षेत्रको उन्नति र प्रगतिमा टेवा पुग्ने विश्वासका साथ हामीले कार्यक्रम गर्न लागेका हौँ’ उनले भने । प्रतियोगितमा जुनियरतर्फ कक्षा १ देखि ७ सम्मका विद्यार्थीका लागि एथलेटिक्स तर्फ पुरुष तथा महिला दुवैको १०० मि., २०० मि. ४०० र ८०० मिटर दौड हुनेछ । यस्तै लङ्ग जम्प, हाइजम्प हुनेछ ।

सिनियर तर्फ १ देखी १० कक्षासम्म सोही दौड, महिला भलिबल, पुरुष फुटबल, पुरुष बास्केटबल, महिला तथा पुरुष टेबल टेनिस, ब्याडमिन्टन हुनेछन् ।
प्रतियोगितामा जुनियर टोलीमा कक्षा ७ भन्दा माथिका सहभागि हुन नपाए पनि सिनियर प्रतियोगितामा भने सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिता संचालन गर्न करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अधिकारीले जानकारी दिए । प्रतियोगिताका खेलहरु भने मंसिर १८ गतेदेखि नै संचालन हुनेछन् । प्रतियोगिताको उद्घाटन २० गते हुनेछ भने समापन २३ गते हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->