बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा मत बदरः साढे ४ प्रतिसत

नवलपुरमा मत बदरः साढे ४ प्रतिसत


  • खगेन्द्र पराजुली
  • मंसिर १७ २०७९, शनिबार

नवलपुर/आम निर्वाचन २०७९ को मतगणना सम्पन्न हुँदा नवलपुरमा ४ दशमलव ५१ प्रतिसत मत बदर भएको छ । प्रतिनिधिसभातर्फ २ र प्रदेश सभातर्फ ४ क्षेत्र रहेको जिल्लाको समग्र मत गन्दा ३० हजार ९ सय २५ मत वदर भएको तथ्याङ्कको जानकारी जिल्ला निर्वाचन कार्यालय नवलपुरले दिएको हो । यहाँ प्रत्यक्ष र समानुपातिक गरी ६ लाख ८५ हजार ९ सय ३१ मतपत्र गणना भएका हुन् ।

कार्यालय प्रमुख लाल प्रसाद भुसालका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४ दशमलव ४ प्रतिसत अर्थात ७ हजार ५ सय ६५ मत बदर भएको पाईएको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ क्षेत्र नं. १ मा ८६ हजार ६ सय ७० र क्षेत्र नं. २ मा ८५ हजार ८८ गरी कुल १ लाख ७१ हजार ७ सय ५८ मत खसेको थियो । जसमध्ये क्षेत्र नं. १ मा ४ दशमलव ७३ प्रतिसत अर्थात ४ हजार १ सय ३ र क्षेत्र नं. २ मा ४ दशमलव ०७ प्रतिसत अर्थात ३ हजार ४ सय ६२ मत वदर भएको हो ।
यहाँ प्रतिनिधि सभाको समानुपातिकतर्फ ४ दशमलव २१ प्रतिसत मत बदर भएको छ । क्षेत्र नं. १ मा ४ दशमलव ३३ र क्षेत्र नं. २ मा ४ दशमलव ०९ प्रतिसत मत बदर भएको हो । क्षेत्र नं.

१ मा खसेको ८७ हजार ४९१ र क्षेत्र नं. २ मा खसेको ८३ हजार ६ सय ८६ गरी कुल खसेको १ लाख ७१ हजार १ सय ७७ मतमध्ये क्षेत्र नं. १ मा ३ हजार ७ सय ८५ र क्षेत्र नं. २ मा ३ हजार ४ सय २१ मत बदर हुँदा प्रतिनिधि सभातर्फ जिल्लामा कुल ७ हजार २ सय ६ मत वदर भएको पाइयो ।

नवलपुरमा प्रदेश सभातर्फ प्रत्यक्षमा क्षेत्र नं. १ को क र ख मा बदर हुने मत ३ हजार ५ सय २१ अर्थात ४ दशमलव ०७ प्रतिसत छ । १ को क मा खसेको ४१ हजार ४ सय १ मतमध्ये १ हजार ७ सय ४४ (४.२१प्रतिसत) र ख मा ४५ हजार १ सय २९ मध्ये १ हजार ७ सय ७७ (३.९४प्रतिसत) मत बदर भयो । यी दुवै क्षेत्रको समानुपातिक मत भने अरु क्षेत्रको तुलनामा अत्याधिक बदर भएको पाइएको छ । यहाँ ८६ हजार ३ सय ३५ मत खसेकोमा ६ हजार ३ सय ८३ मत बदर भएको छ । क्षेत्र नं. १ क मा ४१ हजार २ सय ३१ मतमा ३ हजार १ सय ६४ र ख मा ४५ हजार १ सय ४ मत खसेकोमा ३ हजार २ सय १९ मत बदर भएको हो । यहाँ क्षेत्र नं. १ क मा ७ दशमलव ६७ र ख मा ७ दशमलव १४ प्रतिसतको अनुपातमा कुल ७ दशमलव ३९ प्रतिसत मत बदर भयो ।

यस्तै, प्रत्यक्षतर्फ क्षेत्र नं. २ को प्रदेश सभामा ३ प्रतिसत बदर हुँदा समानुपातिकमा ४ दशमलव ३१ प्रतिसत मत बदर भएको छ । यहाँ प्रत्यक्षतर्फ २ हजार ५ सय ५० र समानुपातिकतर्फ ३ हजार ७ सय मत बदर छ । प्रत्यक्षतर्फ २ को क मा खसेको ४२ हजार ५ सय ९० मतमा १ हजार ३ सय ३६ (३.१४ प्रतिसत) र ख मा ४२ हजार ४ सय ९६ मत खस्दा १ हजार २ सय १४ (२.८६ प्रतिसत) बदर मत रहेको छ भने समानुपातिकतर्फ क मा ४२ हजार ३ सय ९७ मत खसेकोमा १ हजार ९सय ७८ (४.६६ प्रतिसत) र ख मा ४२ हजार ६ सय २८ मत गणना हुँदा १ हजार ७ सय २२ (४.०४ प्रतिसत) मत बदर भएको हो ।

निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार बदर भएका मतमध्ये मतपत्रमा एक चिन्ह भन्दा धेरै चिन्हमा स्वस्तिक छाप परेका, औंठाछाप लागेका मतपत्रहरु धेरै भेटिएका छन् भने स्वस्तिक छाप नै नलगाई छोडिएका मतपत्रहरु समेत भेटिएको पाईएको कार्यालयले जनाएको छ ।

समग्रमा संख्यामा हेर्दा ३१ हजार हाराहारी मतपत्र बदर भएको देखिदा धेरै मत बदर भएको जस्तो लागे पनि जिल्लाको ६ लाख ८५ हजार ९ सय ३१ मत गन्दा ४.५१ प्रतिसत मत बदरलाई सन्तोषजनक मान्नुपर्ने शर्माले बताए । नवलपुरमा २ लाख ६० हजार ४ सय ६१ मतदाता रहेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->