सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

महानगरको आयोजनामा वडास्तरीय भलिबल

महानगरको आयोजनामा वडास्तरीय भलिबल

पहिलो दिन ८ खेल, मंगलबार क्वाटर र सेमिफाइनल ।


  • ढोरपाटन संवाददाता
  • माघ १७ २०७९, मंगलबार

पोखरा/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे ।

पहिलो दिन सोमबार पुरुषतर्फका ८ खेल भए । जसमा पोखरा–२३ ले पोखरा–१५, पोखरा–२४ ले पोखरा–१४, पोखरा–१६ ले पोखरा–७, पोखरा–१८ ले पोखरा–३१ लाई सोझो सेटमा, पोखरा–२० ले पोखरा–१९ लाई, पोखरा–२१ ले पोखरा–३३ लाई, पोखरा–३२ ले पोखरा–२२ लाई, पोखरा–२५ ले पोखरा–२८ लाई २–१ को सेटमा पराजित गरे । खेल जितेको पोखरा–२५ को टिमलाई प्रोटेस्ट परेपछि पोखरा–२८ स्वतः क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनल र सेमिफाइनलका खेल मंगलबार हुने छन् । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको फाइनल बुधबार दिउँसो हुनेछ ।

प्रतियोगिताको पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ६० हजार, ५० हजार, ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ३ टिमको सहभागिता छ । यस प्रतियोगितामार्फत उत्कृष्ट टिम घोषणा गरिने छ जसले पछि हुने अन्तर नगरपालिका भलिबल प्रतियोगितामा पोखरा महानगरपालिकाकोतर्फबाट सहभागिता जनाउने छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->