बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

साइलेज बनाउन मकैको बीउ वितरण

साइलेज बनाउन मकैको बीउ वितरण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०७९, शुक्रबार

नवलपुर/ देवचुली नगरपालिकाले पशुको परिपूरक आहारा साइलेज तथा दाना उत्पादनका लागि मकैको बीउ अनुदानमा वितरण गरेको छ । बुधबार रजहरस्थित कृषि शाखा कार्यालयमा परिसरमा निर्माणाधीन साइलेज उत्पादन उद्योग क्षेत्रमा आयोजित कार्यक्रमकाबीच नगरप्रमुख हरिप्रसाद न्यौपानेले कृषकलाई विउ हस्तान्तरण गरी वितरण कार्यको उद्घाटन गरे । साइलेज भनेको हरियो घाँसमा भएको पोषणतत्व जोगाउन रसायन प्रयोग गरी तयार पारिने पशुको आहारा हो । यो सुख्खायाममा पशुलाई खुवाउन प्रयोग गरिन्छ ।

नगरप्रमुख न्यौपानेले भौतिक तथा निर्माण बिकासका सन्दर्भ क्रमिक र सिलसिलेवार रुपमा हुने तर किसान र कृषि पेशाको उत्थानका लागि नीति नै बनाएर दिर्घकालीन महत्व र किसानको हितको लागि साइलेज उत्पादनको अवधारणा ल्याईएको बताए ।

उनले कृषि अन्तर्गतको पशुपालन ब्यवसाय आम्दानी दृष्टिले महत्वपूर्ण रहेको जिकिर गर्दै यसका लागि लागत मूल्य कम गर्न र उत्पादन बढाउन साइलेजले किसानलाई फाइदा पुग्ने बताए ।
देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीका अनुसार गण्डकी प्रदेश मुख्यमन्त्री नवप्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गतको परियोजना अन्तर्गत देवचुलीमा कृषिअन्तर्गतका खासगरी पशुपालन ब्यवसायलाई टेवा पु¥याउने उदेश्य राखिएको छ ।

गत मंसिर १२ गते सम्झौता भएअनुसार उद्योगका लागि भौतिक पुर्वाधार निर्माणको कार्य सुचारु रहेको र यता संरचना तयार हँुदै गर्दा मेसिनको कोटेशन प्रक्रिया पूरा गरी कृषकले अव रोपेर साइलेजका लागि कच्चा पदार्थ तयार हुने बेलासम्म आउँदो वैशाखसम्ममा सञ्चालनमा ल्याउने गरी तयारी र प्रक्रिया भइरहेको बताए ।

नगरका १७ वटै वडाका कृषक समूह, कृषि सहकारी तथा व्यावसायिक कृषि फर्म सञ्चालन गरेका इच्छुक कृषकलाई ५० प्रतिसत अनुदानमा मकैको बीउ वितरण गरिने कृषि शाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->