सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरामा प्राविधिक गोष्ठी तथा कालो पेटी ग्रेडिङ

पोखरामा प्राविधिक गोष्ठी तथा कालो पेटी ग्रेडिङ


  • ढोरपाटन संवाददात
  • फाल्गुन १२ २०७९, शुक्रबार

पोखरा/ गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा आईटिएफ प्राविधिक गोष्ठी तथा कालो पेटी [ब्ल्याक बेल्ट] गे्रडिङ राजधानि पोखरामा सम्पन्न भएको छ ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले खेलकुदको क्षेत्रमा खेलाडीको योगदान अतुलनिय रहेको प्रतिक्रिया दिए । उनले खेलकुदको विकासका लागि गण्डकी प्रदेशको साथ र सहयोग सद्यैँ रहने उनले बताए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य तथा निवर्तमान खेलकुद मन्त्री राजिव गुरुङ, प्रदेशसभा सदस्य लिला बहादुर थापा, प्रदेशसभा सदस्य जितबहादुर शेरचन, दिलमाया पोवि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले खेलकुदको विकासका लागि राज्यको लगानीको खाँचो रहेको भनाइ राखेका थिए । फागुन ६ र ७ गते सम्पन्न कार्यक्रममा एक सय ५० जनाको सहभागिता भएको कास्क्ी जिल्ला आइटिएफ तेक्वान्दो संघका अध्यक्ष तथा गण्डकी प्रदेशका उपाध्यक्ष सुरज सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->