सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

राष्ट्रपति रनिङशिल्ड : कास्कीबाट १२ वर्षीया कवितासहित ९४ जना छनोट

राष्ट्रपति रनिङशिल्ड : कास्कीबाट १२ वर्षीया कवितासहित ९४ जना छनोट


  • विजय नेपाली
  • फाल्गुन १६ २०७९, मंगलबार

पोखरा/ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा कास्की जिल्लाबाट एथलेटिक्समा १२ वर्षीयाया खेलाडी छनोट भएकी छिन् । एथलेटिक्सको १५ सय मिटर र ३ हजार मिटरको दौडमा गौरीशंकर माविकी १२ वर्षीया कविता मगर छनोट भएकी हुन् । उनले दुवै दौडमा रजत पदक हासिल गरेकी हुन् ।

उनी सामान्य परिवारकी सदस्य हुन् । एथलेटिक्स जिल्ला प्रशिक्षक शंकर शाहका अनुसार कविता तत्काल पदक ल्याउने भन्दापनि आगामी दुई वर्षभित्रमा राम्रो रिजल्ट दिन सक्ने खेलाडी रहेको बताए । उनले लामो दूरी दौडमा पदक हासिल गरेकै कारण सम्भावना देखेर छनोट गरिएको सुनाए । ‘उनी सम्भावना बोकेकी खेलाडी हुन् । एथेलेटिक्सको लामो दूरीका लागि त्यो उमेरकालाई खेल्द दिइँदैन तर उनको प्रदर्शनीले गर्दा हामी रोकिन सकेनौँ’, उनले भने,‘अहिले नै त भन्न सकिँदैन तर अबको दुई वर्षमा उनी राइजिङ खेलाडीको रुपमा अघि बढ्नेछिन् ।’ एथलेटिक्स महिलातर्फ रेकर्ड होल्डर तथा निर्णायक इन्द्र मल्लले उनको दौड्ने शैली उत्कृष्ट रहेको सुनाइन् । कविताले १५ सय मिटरको दौड ६ मिनेट १७ सेकेन्ड ८ मिलिसेकेन्डमा पूरा गरिन् ।

यस्तै ३ हजार मिटर १३ मिनेट ५६ सेकेन्ड ६ मिलिसिकेन्डमा पूरा गरेको मल्लले जानकारी दिइन् । दौडको तरिका राम्रो छ । हामी सबैले हे¥यौँ, सानो मान्छेले राम्रो पोजिसन ल्याइन् । विचार नगरि उनलाई सहजै छनोट गरेका हौं । बलियो पनि छन्,’ उनले भनिन्, ‘उनलाई राम्रो प्रशिक्षणको खाँचो छ । प्रशिक्षण पाइन् भने गण्डकीलाई पदक दिलाउने खेलाडी हुन् । भविष्य राम्रो छ निरन्तरा दिइन् भने ।’

दोहोरो रजत जित्दा आफुलाई निकै खुसी लागेको कविताले सुनाइन् । ‘निकै खुसी लागेको छ,’ उनले भनिन् । उनको आमा बुबा नदीमा बालुवा निकाल्ने काम गर्छन् । कविता कान्छी छोरी हुन् ।

उनीसँगै कास्कीबाट ९४ खेलाडी छनोट भएका छन् । सोमबार सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडी छनौट गरेको हो । ९४ खेलाडीमध्ये एथलेटिक्समा २२, उसुमा १२, कँराते १२, तेक्वान्दो १२, भलिबल १८ र कबड्डीमा १८ जना खेलाडी छनोट गरिएको हो । छात्र र छात्रा दुवै गरी ९४ खेलाडी छनौट भएका हुन् । मार्सलआर्टमा पोखरा महानगरपालिकाबाहेक अन्य पालिकाको सहभागिता नभएपछि सोझै छनोट भएका हुन् ।

एथलेटिक्स छात्रातर्फ एन्जल अधिकारी, सविना खातुन मिया, अनुष्का अधिकारी, नारायणी भण्डारी, संगिता घर्ती, कविता मगर, सम्पदा गुरुङ, रेखा विक,सिर्जना केसी, विनिता विक र पवित्रा गुरुङ रहेका छन् । वैकल्पिक खेलाडीमा सिर्जना केसी, दिपा पोडेल, शोनिका विक र अप्सरा भुजेल रहेकी छिन् ।

छात्रतर्फ रिशव श्रेष्ठ, कुशल पोखरले, सन्दीप क्ुँवर, प्रवेश आचार्य, तेन्जेन रोका मगर, मनिष जिसी, लव पोखरेल, नरेश विक, आसिष कार्की र रितेश विक रहेका छन् । वैकल्पिक खेलाडीतर्फ दिपेश यादव, विराज परियार र राजिव थापा रहेका छन् ।

भलिबल छात्रातर्फ सजिना बुढाथोकी, स्माइल पुन, कृष्ला बलाम, जमुना गुरुङ, तुलकुमारी तिलिजा, मनिषा राई, शोभा मगर, विन्दु विक र सुस्मिता विक रहेकी छन् । वैकल्पिक खेलाडीमा आकृति थापा र दिपा थापा रहेकी छिन् । छात्रतर्फ आशिष सुनार, मदन छन्त्याल, सुदिप परियार, टाइसिन गुरुङ, किसान थापा,, सुजन बुढाथोकी, समिर विक, प्रतिक श्रेष्ठ र मञ्जुर मिया रहेका छन् । वैकल्पिक खेलाडीमा विद्धान विक, आशिष नेपाली, रञ्जन सुनार रहेका छन् ।

कबड्डी छात्रातर्फ संजु घर्ती, भिमसरा विक, रोजिना कुँवर, रोजिना सुनार, स्विकृत केसी, दिविसा ज्यु ठकुरी, सुष्मा कुँवर, पुनम कुँवर र करुणा नेपाली रहेकी छिन् । वैकल्पिक खेलाडीमा पुष्पा श्रीपाली, एलिना परियार, अनिता परियार र अनिषा सुनार रहेकी छिन् । छात्रतर्फ उचित रिमाल, सौगात भट्टराई, समिर शाही, सुशान भुजेल, रोहन खत्री, भविन पुन, मदन राना, सुमिन गुरुङ र आयुष विक रहेका छन् । वैकल्पिक खेलाडीमा अशोक पोडेल, निसान तामाङ र राजेश गुरुङ रहेका छन् ।

२८ स्वर्ण सहित पोखरा च्याम्पियन

पोखरा महानगरले २८ स्वर्ण १० रजत र ६ काँस्य गरी ४४ पदक सहित च्याम्पियन बनेको छ ।
३० स्वर्ण पदकको लागि भएको प्रतिष्पर्धामा रुपा गाउँपालिकाले २ स्वर्ण र ४ कास्यसहित ६ पदक सहित दोश्रो भएको छ । त्यसैगरी ९ रजत र ९ काँस्य सहित १८ पदक प्राप्त गर्दै माछापुच्छ«े गाउँपालिका तेश्रो भएको छ । अन्नपूर्ण गाउँपालिका ७ रजत र ८ कास्य गरी १५ पदक सहित चौथो स्थानमा रहेको छ । मादी गाउँपालिका पदकविहीन भयो । विजेतालाई उपाधिको साथमा १२ हजार, उपविजेतालाई ९ हजार प्रदान गरिएको थियो ।

पोखरा महानगरपालिकाको जितमा सविना खातुनले ५ स्वर्ण, एन्जल अधिकारीले ४ स्वर्ण पदक दिलाए । पोखरा रामघाटमा रहेको टप्स मावि कक्षा ९ मा अध्ययनरत खातुनले ४ सय मिटर, ८ सय मिटर, हाइजम्प, रिले तर्फ दुई स्वर्ण गरी ५ स्वर्ण पदक दिलाएकी हुन् । त्यस्तै पोखरा २७ को त्रिवेणी पब्लिक स्कुलकी एन्जल अधिकारीले १ सय मिटर, २ सय मिटर, लङजम्प र रिलेमा गरी ४ वटा विधामा स्वर्ण पदक जितेकी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->