बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दुम्कौलीमा ट्रकले ठक्कर दिदा रजहरकी महिलाको मृत्यु

दुम्कौलीमा ट्रकले ठक्कर दिदा रजहरकी महिलाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०७९, बिहिबार
फाईल तस्वीर ।

नवलपुर / दुम्कौलीमा सडक दुर्घटना हुँदा रजहरकी एक महिलाको मृत्यु भएको छ । देवचुलीको दुम्कौलीमा विहीबार बिहान ट्रकले साइकलयात्री महिलालाई ठक्कर दिएको थियो ।

पुर्वबाट पश्चिमतर्फ आउदै गरेको एच आर ३८ टि ७७१५ नम्वरको ट्रकले पुर्व पश्चिम मुख्यमार्ग अन्र्तगत दुम्कौलीमा ठक्कर दिएको हो । ठक्करबाट घाईते भएकी देवचुली नगरपालीका वडा नम्वर १६ रजहरकी ५५ वर्षीया डालीमाया दमैलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय रजहरले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->