बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

देवचुलीको वडा नं. ९ मा पहिलोपटक चैतेधानको रोपाइँ

देवचुलीको वडा नं. ९ मा पहिलोपटक चैतेधानको रोपाइँ


  • खगेन्द्र पराजुली
  • फाल्गुन २२ २०७९, सोमबार

नवलपुर/ देवचुलीको वडा नं. ९ मा पहिलोपटक चैतेधानको रोपाइँ भएको छ । विशालटारका रामप्रसाद श्रेष्ठले ठेक्कामा लिएको जग्गामा परिक्षणका लागि चैते धान रोपाइँ गरेका हुन् ।
करीव १५ कट्ठा ठेक्कामा लिएर मौषम अनुसारको नियमित खेती गर्दै आएका स्थानीय कृषक श्रेष्ठले ५ कट्ठामा चैतेधान रोपेका छन् ।

हिउँद तथा सुख्खा याममा पनि खोलाको पानी नहर कुलोबाट आइरहने सुविधा रहेकाले चैतेधान हुन्छ भन्ने विश्वासमा आफूले यस क्षेत्रमै पहिलोटक चैतेधान लगाउन मन लागेको श्रेष्ठले सुनाए ।
बाँकी १० कट्ठामा बेमौसमी उत्पादनका लागि मकै लगाएका उनले मल–पानीको उचित प्रबन्ध मिलाउँदै चैते धानमा सफलता हात पार्ने विश्वास लिएका छन् ।

वडामा मात्रै नभएर देवचुली नगरपालिकाको राजमार्गदेखि उत्तरतर्फका जमिनमै सम्भवतः पहिलोपटक चैतेधान रोपाइँ आफ्नै वडाका कृषकले गर्न लाग्दा चैतेधान खेतीलाई चासोको रुपमा हेरेको वडा नं. ९ का अध्यक्ष बलिराम सापकोटाले बताए ।

चैतेधान रोपाइँको तयारी हुँदैछ भन्ने थाहा पाएपछि खेतमै पुगेका अध्यक्ष सापकोटाले धानको बीउ–ब्याड तयार पार्दाको खर्च–लगानीका र रोपाइँका लागि जोताईमा लाग्ने खर्चका बारेमा चासो राखेका थिए । उनले पहिलो पटक परिक्षणका रुपमा कृषकले देखाएको चैतेधानप्रतिको लगाव र मिहिनेतलाई प्रोत्साहन स्वरुप मल–बीउ वा जोताइ खर्चमध्ये के कति सकिन्छ वडाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

बाह्रै महिना कुलोमार्फत सिचाई सुबिधा रहेको विशालटारको पश्चिमी क्षेत्रमा श्रेष्ठले गरेको परिक्षण सफल भएमा आगामी वर्ष चैतेधानतर्फ किसानको रुची बढ्ने र त्यसमा वडाले छुट्टै योजना र बजेट समेतको प्रबन्ध गरेर चैतेधान खेती र किसानको प्रवद्र्धन–उत्थानमा लाग्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->