बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा स्वास्थ्यकर्मीलाई सर्पदंश उपचार प्रशिक्षण

नवलपुरमा स्वास्थ्यकर्मीलाई सर्पदंश उपचार प्रशिक्षण


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०७९, बिहिबार

नवलपुर/ स्वास्थ्य कार्यालय नवलपुरले सर्पदंश उपचारसम्बन्धी २ दिने प्रशिक्षण मंगलवारसकिएको छ । गर्मीयाम सुरु भएसँगै नवलपुर लगायत तराईका क्षेत्रमा सर्पदंशका सम्भावित घटना हुनसक्ने भएकाले त्यसको रोकथाम, सचेतना, उपचार समेतलाई प्रभावकारी बनाउँदै मानवीय तथा शारीरिक क्षति हुनबाट जोगाउन तालिम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गैंडाकोट नगर अस्पताल पितौजीमा सञ्चालित तालिममा आठै पालिकाका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी, सर्पदंशका धेरै घटना हुने भएकाले बेणीमणिपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, शर्पदंशसम्वन्धि उपचार गर्दै आएको बेणीमणिपुरकै सैनिक क्याम्पका स्वास्थ्यकर्मी सहभागी भएका थिए भने स्याङ्जाको चापाकोट नगर अस्पतालका चिकित्सक सहित २५ जनाको सहभागिता रहेको थियो ।

तालिममा वरिष्ठ सर्पदंश उपचार विशेषज्ञ डा. छविलाल थापा, मध्यविन्दु जिल्ला अस्पतालका मेसु डा. जितेन्द्र कंडेल, इमर्जेन्सी फिजिसियन डा. कमलराज न्यौपाने र रकुवा प्राथमिक स्वास्थ्य केन्द्रका डा. रामबहादुर केसी लगायतले उपचारका विषयमा सहजीकरण गरेका थिए । भने स्वास्थय कार्यालय नवलपुरका डिल्लीराम तिवारीले जिल्लामा सर्पदंशको स्थितिका बारेमा तथ्याङुक प्रस्तुत गरेका थिए ।

सर्पंदंशका कारण अकालमा कसैको मृत्यु नहोस भन्नका लागि सर्पदंशका विरामी पहिचान गरी बेलैमा औषधि गराई आइसियु र भेन्टिलेटरमा पुर्याउन सकियोस भन्ने हेतुले तालिम सञ्चालन गरिएको तिवारीले बताए । सोही क्रममा रेविज शंकास्पद कुकुरको टोकाई र अन्य रेविज शंका हुने जनावरले टोकेका अवस्थामा अपनाउनुपर्ने उपचार पद्धति र जिल्लाको तथ्याङको लेखाजोखा समेत प्रस्तुत गरिएको थियो ।

जिल्लाको तथ्याङ्क प्रस्तुत गर्ने क्रममा तिवारीले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा जिल्लामा विषालु सर्पले १९ जनालाई डसेको विवरण प्रस्तुत गरे भने अविषालु सर्पले २ सय ९५ जनालाई टोकेको जिल्लाको तथ्याङ्क छ ।

गत आर्थिक वर्ष २०७८/०७९ मा विषालु सर्पले २३ र अविषालु सर्पले २ सय ३० जनालाई डसेको स्वास्थ्य कार्यालयको विवरणमा छ । विषालु सर्पको टोकाईबाट समयमै उपचार हुन नपाएर मृत्यु हुनेको एकिन तथ्याङ्क भने स्वास्थ्य कार्यालयसँग छैन । धेरै विरामी तुरुन्तै भरतपुर पुग्ने र उपचार गराउने त्यसपछिको अवस्था भने के भएको हो जानकारी नहुँदा तथ्याङ्क मिसिङ् भएको उनले बताए । तर, विषालु सर्पको टोकाइवाट बेलैमा अस्पताल पु¥याउन नसक्दा मृत्यु हुने केश हुने गरेका उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->