स्याङ्जा/ औषधी सेवनबाट निको हुने क्षयरोगको गण्डकी प्रदेशमा फागुन मसान्त सम्म एक हजार चार सय ४१ बिरामी फेला परेका छन् ।
स्वास्थ्यकर्मीको पत्यक्ष निगरानी रहेर छ महिना सेवन गरे निको हुने क्षयरोग हरेक दिन बढ्दै जादाँ सबै लागि चुनौति बनेको छ ।
गण्डकी प्रदेशमा गत आर्थिक बर्षमा दुई हजार चार सय ४७ बिरामी भेटिएकोमा यस आर्थिक बर्षको आठ महिनामा गत बर्ष भन्दा एक हजारले कमि देखिएको हो । यहाँ आब ०७७÷७८ मा भन्दा आब ०७८/७९ मा ५८२ जना बढी बिरामी भेटिएका थिए ।
क्षयरोगको मुख्य गरेर चैत देखि असार सम्म सबै भन्दा धेरै बिरामी देखिने बताउदै गण्डकी प्रदेश स्वास्थ्य निर्देशानलयका क्षयरोग कार्यबmम संयोजक राजेश यादब बिरामी भेटिने समय अगावै धेरै बिरामी भेटिएको बताए ।
गत आर्थिक बर्षको यसै अवधिमा बिरामीको संख्या धेरै कम रहेको र अबको चार महिनामा यस भन्दा बढि बिरामी भेटिने उहाँको भनाई थियो ।
गण्डकीमा आठ महिनामा सबै भन्दा धेरै कास्कीमा ३५८ जना बिरामी भेटिदाँ सबै भन्दा थोरै मनाङमा तीन जना बिरामी भेटिएका छन् ।
नवलपुरमा ३३८, तनहुमा १७६, स्याङजामा १७०, बाग्लुङ १४०, गोरखा ११९, लम्जुङ ५३, पर्वत ४६, म्याग्दी ३३ र मुस्ताङमा पाचँमा क्षयरोगका बिरामी रहेका छन् ।
पाचँ बर्ष पहिला एक जना बिरामी देखिएकोमा गत बर्ष दुइ जना क्षयरोगका बिरामी मनाङमा भेटिएका थिए भने अहिले आठ महिनामै धेरै भेटिएका हुन् ।
भेटिएका क्षयरोगका बिरामीको संख्या कम भएको बताउदै गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्रका निमित्त निर्देशक अरुण कुमार झाँले बिरामीले रोग लुकाउदाँ सरकारी तथ्याङमा संख्या कमी रहेको बताए।
कसैले थाहा नपाउन भनेर निजी स्वास्थ्य केन्द्रमा सरकारको तथ्याङ भन्दा बढि बिरामीले औषधी सेवन गर्दै आएको उहाँले बताउनुभयो ।
सबै क्षेत्रबाट रोगको बारेमा सचेतना जगाएर जान सकेमा बिरामीको सख्या कमि आउने बताउदै झाँले आम नागरिक पनि यसमा जोडिनुपर्ने बताए ।
११ जिल्ला रहेको गण्डकीमा ७९२ डट्स सेन्टरबाट क्षयरोगका बिरामी उपचार हुदै आएको छ ।
देशभर क्षयरोग नियन्त्रण केन्द्रका मार्च २४ को प्रतिबेदनमा आब ०७८/७९ मा ३७ हजार ८६१ बिरामी रहेको छ भने सरकारी सर्वेमा प्रत्येक बर्ष ७९ हजार बिरामी बढ्ने र १७ हजारको मृत्यु हुने तथ्याङक रहेको छ । आब ०७७/७८ मा देखिएका बिरामी भन्दा १० हजार १८४ ले ०७८/७९ बढि रहेको हो ।




