बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

देवचुली पाउरोटी उद्योगमा आगोलागी

देवचुली पाउरोटी उद्योगमा आगोलागी


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०८०, बिहिबार

नवलपुर / देवचुली स्थित पाउरोटी उद्योगमा आगोलागी भएको छ । वडा नं. १४ सहाराचोकस्थित देवचुली पाउरोटी उद्योगमा बुधवार दिउँसो आगोलागी भएको हो ।

उद्योगको उत्पादन कक्षमा ग्याँस सिलिण्डर पड्Þिकदा आगोलागी भएको उद्योग सञ्चालकले बताएका छन् । उद्योगभित्र कामदारले काम गर्ने वेला चुल्हो बाल्ने क्रममा सिलिण्डर पड्किएको कामदार–कर्मचारीले बताएका छन् ।

दुई घण्टा भन्दा बढी समयसम्म लागेको आगो नजिकैको परालको टौवामा पनि सल्किएको थियो ।उद्योगभित्र लागेको आगोले वजार पठाउन तयारी भएका सामग्री, उद्योगलाई आवश्यक पर्ने मैदा, पिठो, घिउ–तेल, चिनी लगायतका कच्चा पदार्थ क्षति भएको छ ।

प्रहरीले संकलन गरेको प्रारम्भिक मुचुल्कामा उद्योगतर्फ करीव ३ लाख बरावर र छिमेकीको टौवाको अनुमानित १८ हजार रुपैया बराबरको क्षति अनुमान गरिएको छ ।

उद्योगको भौतिक संरचना समेतमा क्षति पुगेको छ । कावासोती नगरपालिकाको दमकलको सहायता र स्थानीय एवं प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->