बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खानेपानी निशुल्क गर्न अनुदान चाहिन्छ : कंडेल

खानेपानी निशुल्क गर्न अनुदान चाहिन्छ : कंडेल


  • ढोरपाटन संवाददाता
  • बैशाख १५ २०८०, शुक्रबार

नवलपुर/कावासोतीमा जिल्ला खानेपानी महासंघ नवलपुरको भेला तथा पुर्वाधार विकास, सुशासन र नेतृत्व विकास कार्यक्रम समपन्न भएको छ । बिहीबार कावासोती खानेपानी संस्थाको सभाहलमा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सांसद पद्मा जिसीले एक घर एक धारा कार्यक्रम पूर्ण रुपमा सम्पन्न गर्न आफ्नो ध्यान केन्द्रित हुने प्रतिबद्धता गरिन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेकी सांसद जिसीले प्रदेश सरकारले खानेपानीको सन्दर्भमा विभिन्न योजना आयोजनामा काम गरिरहेकाले उपभोक्ता संस्थाहरु समेतले सक्रियता देखाउउन आग्रह गरिन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सवै संघसंस्थाहरु दायरामा रहेको राज्यको कर दायरामा खानेपानी संस्थाहरु पनि बस्नुपर्ने बताए । सिडियो लम्सालले कर र राजश्वको ठूलो योगदान पुर्याउने नभई सामान्यतया करको दायरामा रहेको वा सूचीकृत हुनु उपयुक्त हुने स्पष्ट पारे ।

महासंघका अध्यक्ष खिमानन्द भुसालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल मत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाई, कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्साल लगायतको आतिथयता रहेको थियो ।

गैंडाकोटदेखि दुम्किबाससम्मका खानेपानी संस्थाका अध्यक्ष एवं प्रतिनिधि गरी करीव १ सय जनाको उपस्थिति रहेको कार्यक्रमको पछिल्लो सत्र अन्तरक्रियात्मक अनुशिक्षणमा भएको थियो । जिल्लाभर खानेपानीका क्षेत्रमा स्तरबृद्धि, सुधार गर्नका लागि कार्यक्रम फलदायी हुने अपेक्षा सहभागीले राखेका छन् ।

खानेपानी महासंघ नवलपुरका सदस्य एवं कावासोती खानेपानी संस्थाका पूर्व अध्यक्ष भीमलाल कंडेलले खानेपानी र अन्य संघसंस्थामा जिम्मेवारी बहन गर्दै गर्दा खानेपानीको नेतृत्व निकै चुनौतीपूर्ण र संबेदनशील विषय भएको बताएका छन् । बिहिवार कावासोतीमा आयोजित खानेपानी महासंघको जिल्ला भेला एवं पुर्वाधार विकास, सुशासन र नेतृत्व विकास कार्यक्रममा स्वागत तथा विषय प्रवेश गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

सम्पूर्ण सजीव प्राणीको जीवनसँग जोडिएको क्षेत्र खानेपानी भएकाले सामान्य त्रुटि वा कसैको बदमासीले समेत ठूलो दुर्घटना हुनसक्ने भएकाले जोखिमपूर्ण जिम्मेवारी उपभोक्ता समिति मार्फत समुदायले बहन गरेको उनको भनाई थियो ।

सरकारले विना योजना र विना तयारी बजेट भाषणमै ल्याउने कार्यक्रम सरकारी तहबाट कार्यान्वयन नहुँदा त्यसको भार उपभोक्ता समितिहरुमा परेको उनले गुनासो गरे ।
बजेट बनाउने क्रममा निशुल्क खानेपानीको कार्यक्रम सार्वजनिक गर्ने तर कार्यान्वयन चरणमा भने सरकारले दायित्व ग्रहण वा उपभोक्ता समिति लक्षित अनुदानका योजनाहरु नल्याउँदा त्यस्ता कार्यक्रमहरु बजेट भाषणमा मात्रै सिमित हुन पुगेको उनको तर्क थियो ।

सरकारले निशुल्क भनेर बनाएको मापदण्ड अनुसारको खानेपानी सेवा निशुल्क गर्ने हो भने उपभोक्ता समिति चल्न नसक्ने स्पष्ट पारे । उपभोक्तालाई निशुल्क पानी खुवाउन सरकारले अनुदान दिनुपर्ने कंडेलले अडान राखे ।

उनले करको विषयमा समेत खानेपानी संस्थाहरुको ध्यानाकर्षण भएको बताए । सेवामूलक र उपभोक्तामुखी संस्था मात्रै नभएर खानेपानी भनेको नैसर्गिक अधिकार भित्रको विषय भएकाले सरकार मातहतको राजश्व कार्यालयले खानेपानीलाई आयमुलक र ब्यवसायिक करको दायरामा राखेर पानमा आवद्धता गराएर कर लिनु सरासर गलत र निन्दनीय भएको कंडेलको भनाई छ । चितवन रत्ननगरको खानेपानी संस्थाले कर रहितको पान लिएर काम गरिरहेको नजिर हुँदाहुँदै पनि नवलपुरमा कर कार्यालयले गर्नै नसकिने दलिल दिएकोप्रति उनले आक्रोश पोखेका थिए ।

राज्यले नेता बन्ने अवसर दिएको छ– महासंघ अध्यक्ष भुसाल

जिल्ला खानेपानी महासंघ नवलपुरका अध्यक्ष एवं प्रगतिनगर खानेपानी संस्थाका समेत अध्यक्ष खिमानन्द भुसालले उपभोक्तालाई राम्रो सेवा प्रदान गरेर, गुणस्तरीय पानी उपलब्ध गराएर, अधिकतम सहज सेवा प्रदान गरेर आफु स्थापित भएको मुल्य तिर्नुपर्ने धारणा राखेका छन् ।

बिहिवार कावासोतीमा आयोजित खानेपानी महासंघको जिल्ला भेला एवं पुर्वाधार विकास, सुशासन र नेतृत्व विकास कार्यक्रममा कार्यक्रमको औचित्यमाथी स्पष्ट पार्ने क्रममा अध्यक्ष भुसालले राज्यले ठूलो जनशक्तिलाई सामाजिक क्षेत्रमा समर्पित गर्ने एउटा फोरम तयार गरिदिएको बताउँदै यो अवसरले प्राप्त गरेको मर्यादाको मुल्य सेवाबाट तिर्नुपर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->