सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फेवातालमा चिनियाँ डुंगा दौड

फेवातालमा चिनियाँ डुंगा दौड


  • ढोरपाटन संवाददाता
  • असार २ २०८०, शनिबार

पोखरा/ पर्यटकीय पूर्वाधारमा पनि पोखरा अब्बल मानिन्छ । यहाँ संसारभरका भान्छाका खाना पाक्छन् । पछिल्लो समय चिनियाँ पर्यटकलाई लक्षित गरी थुप्रै चाइनिज भान्छाहरु खुलेका छन् ।गत मे महिनामा मात्रै ४ हजार ६ सय ६७ चिनियाँ पर्यटक नेपाल आएका छन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल तम्तयार छ । तर, मित्रराष्ट्र चीनको सहयोगमा निर्मित एयरपोर्टबाट अन्तर्राष्ट्रिय उउान अझै अनिश्चित छ । कोभिडपछि घट्दो चिनियाँ पर्यटक तथा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन व्यवसायी निराश छन् ।

यी निराश पर्यटन व्यवसायीमा उत्साह भर्नको यही असारको ८ र ९ गते एक हुल चिनियाँहरु विमान चार्टर्ड गरेर पोखरा आउँदैछन् । फेवातालमा आयोजना हुने ‘नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोट रेस’मा सहभागी हुन त्यहाँको लिन्जी महानगरका उपमेयरसहितको टोली जहाज चार्टर्ड गरी पोखरा आउन लागेका हुन् । जिन्जी पोखरासँग भगिनी सम्बन्ध गाँसेको सहर हो । ड्रागन बोट रेस विश्वभर प्रसिद्ध छ । चीनले विभिन्न ५० वटा देशमा यस्ता प्रतियोगिता आयोजना गर्नेगर्छ । यो खेल एसियन गेममा पनि सामेल छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा हुन लागेको प्रतियोगिताको लागि चीनबाट ८ वटा डुंगा ल्याइसकिएको छ । ती डुंगाहरुले फेवातालमा ड्रागन रेसको परीक्षण गरिरहेका छन् ।

पोखरा पर्यटन परिषद (पिटिसी) र चाइना ओभरसीज एशोसिएसन सहआयोजक रहेको प्रतियोगिताको तयारी सकिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले जानकारी दिए । दक्षिण एसियामै पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिताकै लागि लिन्जीका उपमेयरसहितको ६० जना एवं १२० जना खेलाडी पोखरा आउने उनले बताए । पोखरामा आयोजना हुने प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा सघाउने उनको भनाइ छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि चिनियाँ दुतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ सिनले पनि प्रतियोगिताले आउँदा दिनमा चिनियाँ पर्यटक भित्र्याउन थप बल पुग्ने बताए । पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले चिनियाँ पर्यटनमाझ पोखरा चिनाउन महोत्सव फलदायी हुने बताए ।

२ र ५ सय मिटर दूरीको लागि आयोजना हुने प्रतियोगिताका विजेताले ३० लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । फेस्टिभलको क्रममा दुवै देशका संस्कृति र खाना प्रदर्शनी गरिनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->