बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुर उवा संघको भवन भत्काइयो

नवलपुर उवा संघको भवन भत्काइयो


  • ढोरपाटन संवाददाता
  • असार २३ २०८०, शनिबार

नवलपुरनवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा रहेको नवलपुर उद्योग वाणिज्य संघको भवन जिल्ला प्रशासनले भत्काइदिएको छ ।

नवलपुर उद्योग वाणिज्य संघले कावासोती –३, राममन्दिर क्षेत्र भित्र २०७६ सालमा कार्यालय स्थापना गर्न केही क्षेत्र तार पोल गरी टिनको छानो लगाउने कार्य सम्पन्न गरेको थियो । २०७८ साल पुस २२ गते तत्कालीन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले नवलपुर उद्योग वाणिज्य संघको भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेता पनि स्थान नतोक्दा भवन निर्माण कार्य अन्योलमा परेकोले दलहरुको सहमतिमा अर्को व्यवस्था नहुदासम्म अस्थायी कार्यालय स्थापना गरिएको थियो । तर, अहिले आएर प्रशासनले सो अस्थायी संरचना भत्काएको हो ।

भवन भत्काउने सूचना पाएसँगै राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, संघका पूर्वसल्लाहकारहरु, पूर्वअध्यक्षहरु समेतको संयुक्त बैठक बसी जिल्ला प्रशासन कार्यालयमा डेलिगेसन गइ अर्को व्यवस्था नहुँदासम्मका लागि अस्थायी रुपमा कार्यालय संचालन गराउनका लागि अनुरोध गरिएको थियो । तर, त्यो अनुरोध पनि प्रशासनले नटेरेको उवा संघको जिकिर छ ।

भवन भत्काएसँगै उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गर्दै प्रशासनले सुरक्षा निकायको वलमा आधिकारिक जानकारी समेत नदिइ निरंकुश शैलीमा निर्माण सम्पन्न भवन भत्काउने, निर्माणमा प्रयोग गरिएका सामान समेत लगेको आरोप लगाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->